शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा

काठमाडौं। पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल हेर्न त्रिवि क्रिकेट रंगशालामा पुगेका छन्। खेलका क्रममा उनले मैदानमा उपस्थित खेलाडीहरूसँग कुराकानी गरेका थिए भने पहिलो इनिङ्सपछि दर्शकलाई अभिवादन समेत गरे। ‘रावलपिण्डी एक्सप्रेस’ का नामले चिनिने अख्तरले सन् २००३ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनको यो कीर्तिमान अहिलेसम्म कायम छ। सन् १९९७ मा टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरेका अख्तरले सन्न्यासपछि युट्युबमार्फत क्रिकेटको समीक्षा गर्दै आएका छन्।उनी एनपीएलको समीक्षा गर्न नेपाल आएका हुन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन् । मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष... ...

इरानी राष्ट्रपति र कतारी अमिरबिच मस्कोमा भेटवार्ता
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । इरानी सरकारी टेलिभिजनका अनुसार... ...

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा
बैंकक, कात्तिक १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुग्नुभएको छ । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनु... ...

इजरायलमा चुनाव : पूर्वसेना प्रमुखसँग नेतन्याहूको प्रतिस्पर्धा, यस्ता छन् १० रोचक कुरा
काठमाण्डु- इजरायलमा संसदीय निर्वाचनले राजनीतिक वृत्तमा चासो बढाएको छ। मतदानको उच्च दर, प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सामाजिक सञ्जालमार्फत गरिएको अपिल, पूर्वसेना प्रमुख गादी आइजनकोटको दलसँगको प्रतिस्पर्धा र मत परिणामलाई लिएर उठेका आरोपले निर्वाचनको माहोल गर्माएको छ । मतदानको दिन मंगलबार दिउँसो ४ बजेसम्म ५५.७ प्रतिशत मत खसेको छ। सन् २०२२ को निर्वाचनमा यही समयसम्म ४७.५ प्रतिशत […] ...


