Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै गृहजिल्लामा हिंसात्मक प्रदर्शन, प्रहरीका गाडी र बीएनपी कार्यालयमा आगजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै गृहजिल्लामा हिंसात्मक प्रदर्शन, प्रहरीका गाडी र बीएनपी कार्यालयमा आगजनी
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै उनको गृहजिल्ला गोपालगञ्जमा आइतबार हिंसात्मक प्रदर्शन भएको छ । हसिनाको पार्टी अवामी लिगका समर्थकले सडकमा उत्रिएर प्रहरीका सवारीसाधनमा आक्रमण गर्नुका साथै प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन् ।

यसैबीच, पिरोजपुर जिल्लाको नाजिरपुर उपजिल्लामा पनि आइतबार दिउँसो बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को एउटा कार्यालयमा आगजनी भएको छ । स्थानीय बीएनपी नेताहरूले प्रतिबन्धित अवामी लिगका कार्यकर्ताले कार्यालयमा आक्रमण गरेको आरोप लगाएका छन् ।

प्रहरी तथा सञ्चारमाध्यमका अनुसार गोपालगञ्जमा सयौँ प्रदर्शनकारीले खुकुरी र भालासहित प्रदर्शन गरेका थिए । उनीहरूले प्रहरीको एउटा बख्तरबन्द गाडीमा आगजनी गर्नुका साथै प्रहरी चौकीमा तोडफोड गरेका थिए । प्रदर्शनकारीले प्रहरीको अवरोध तोड्दै गोपालगञ्ज सहरका विभिन्न सडकमा प्रवेश गरेका थिए ।

हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेपछि त्यहाँ राजनीतिक तनाव बढिरहेका बेला प्रदर्शन भएको हो । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले सरकार ढालेपछि हसिना भारतमा बस्दै आएकी छन् ।

७९ वर्षीया हसिनालाई सन् २०२५ नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले प्रदर्शनकारीमाथि भएको दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने आफूविरुद्धका आरोप र अदालती प्रक्रियालाई अस्वीकार गर्दै आएकी छन् ।

उनले गत जुलाईदेखि नै डिसेम्बरमा बंगलादेश फर्किएर कानुनी प्रक्रियाको सामना गर्ने बताउँदै आएकी छन् । तर, बंगलादेश सरकारले द्विपक्षीय सन्धिअन्तर्गत भारतसँग उनको सुपुर्दगीको माग गर्दै आएको छ ।बंगलादेशका कानुनमन्त्री एमडी असदुज्जमानले शनिबार हसिनालाई स्वदेश फर्काउन आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको र अब निर्णय गर्ने जिम्मेवारी भारतको भएको बताएका थिए ।

बंगलादेश सरकारले हसिनाको सुपुर्दगीलाई प्रधानमन्त्री तारिक रहमानको सम्भावित भारत भ्रमणसँग समेत जोडेको छ । ढाकाले हसिना र अन्य फरार व्यक्तिलाई फिर्ता ल्याउन सके भारत भ्रमणका लागि अनुकूल वातावरण बन्ने बताउँदै आएको छ ।

भारतले बंगलादेशबाट प्राप्त सुपुर्दगीसम्बन्धी अनुरोध स्वीकार गरेको पुष्टि गरे पनि यसबारे निर्णय सार्वजनिक गरेको छैन । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नयाँदिल्लीमा हसिनाको सुपुर्दगी कानुनी विषय भएकाले सोहीअनुसार प्रक्रिया अघि बढ्ने बताएका थिए ।

यसैबीच, आइतबारको प्रदर्शनका क्रममा आन्दोलनकारीले सन् २०२४ अगस्ट ५ मा हसिना सरकारको पतनको सम्झनामा निर्माण गरिएको स्मारकसमेत भत्काएका छन् । प्रदर्शनमा महिलाहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।अवामी लिगका गोपालगञ्ज जिल्ला नेता इलियास हकले पार्टीको सभालाई सम्बोधन गर्दै हसिनालाई देश फर्काउन नसक्दासम्म सडक आन्दोलन जारी रहने बताए ।

यसअघि शनिबार राति अज्ञात व्यक्तिहरूले हसिनाको जन्मस्थान गोपालगञ्जको टुङ्गीपारामा सत्तारूढ बीएनपीका दुई कार्यालयमा आगजनी गरेका थिए ।त्यस्तै, पिरोजपुरको नाजिरपुर उपजिल्लास्थित मलिखाली युनियनको उत्तर झनझनिया गाउँको टावर मोडमा आइतबार दिउँसो करिब ३ बजे बीएनपी कार्यालयमा आगजनी भएको द डेली स्टारले जनाएको छ । उक्त क्षेत्र गोपालगञ्जका टुङ्गीपारा र कोटालीपारा उपजिल्लाको सीमासँग जोडिएको छ ।

पिरोजपुर जिल्ला बीएनपीका संयोजक एमडी नजरुल इस्लाम खानका अनुसार गोपालगञ्जको टुङ्गीपारा उपजिल्लास्थित दुमुरियाबाट जुलुससहित आएका करिब २०० देखि ३०० जना अवामी लिगका नेता तथा कार्यकर्ताले बीएनपी कार्यालयमा तोडफोड गरी आगजनी गरेका थिए । उनीहरूले स्थानीय बीएनपी नेता सुमन तालुकदारको घरमा समेत आक्रमण गरेको खानले दाबी गरेका छन् ।

आरोपित अवामी लिगका नेताहरूसँग यस विषयमा प्रतिक्रिया लिन नसकिएको समाचारमा उल्लेख छ । नाजिरपुर प्रहरी कार्यालयका प्रमुख तारिकुल इस्लामले घटनाबारे मुद्दा दर्ता गर्ने तयारी भइरहेको र मुद्दा दर्तापछि थप कानुनी प्रक्रिया अघि बढाइने बताएका छन् ।

घटनापछि सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री सलाहुद्दिन अहमदले तोडफोड र आतंकवादी गतिविधि रोक्न सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन् ।

सम्भावित हिंसा नियन्त्रणका लागि सरकारले दंगा नियन्त्रण प्रहरीसँगै अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश (बीजीबी) का टोलीलाई समेत तयारी अवस्थामा राखेको छ । अवामी लिगको प्रभाव क्षेत्र मानिने गोपालगञ्जको अवस्थाबारे प्रधानमन्त्री तारिक रहमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको प्रोथोम आलोले जनाएको छ ।

प्रधानमन्त्री रहमानले संसद्मा पार्टीका वरिष्ठ नेताहरूसँग पनि छलफल गरेका थिए । बैठकबारे जानकार बीएनपी नेताहरूलाई उद्धृत गर्दै प्रोथोम आलोले रहमानले पार्टी कार्यकर्तालाई मैदानमा सक्रिय रहन निर्देशन दिएको उल्लेख गरेको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिन सुरक्षा अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । आवश्यकताअनुसार सुरक्षाकर्मीको परिचालनसमेत बढाइने अधिकारीले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
Economy & BusinessJust now

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

काठमाडौं- जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व संकलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा ...

आजको अर्थ
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ
Economy & BusinessJust now

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

काठमाडौं- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका ...

आजको अर्थ
लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य
Economy & BusinessJust now

लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् । छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछाने दम्पतीले ...

आजको अर्थ
छठघाटमा पूजा सामग्री कुर्दै बसेका ६० वर्षीय वृद्ध मृत फेला, मृत्यु शंकास्पद
Economy & BusinessJust now

छठघाटमा पूजा सामग्री कुर्दै बसेका ६० वर्षीय वृद्ध मृत फेला, मृत्यु शंकास्पद

काठमाडौं- धनुषामा छठ पर्वका लागि पूजा सामग्री कुरेर छठघाटमै रात बिताइरहेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादवको शव छठघाटमा शंकास्पद अवस्थामा भेटिएको हो। ‘मनेजर’ नामले चिनिने ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play