काठमाडौं । मध्यपूर्वमा विकसित ताजा भूराजनीतिक द्वन्द्वका कारण यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ। अमेरिकी जलसेनाको अत्याधुनिक विमानबाहक पोत ‘यूएसएस थिओडोर रुजवेल्ट’ मध्यपूर्व क्षेत्रमा आइपुगेको एक अमेरिकी अधिकारीले अलजजिरालाई बताएका छन्। यससँगै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) को कार्यक्षेत्रमा तैनाथ अमेरिकी विमानबाहक पोतहरूको संख्या तीन पुगेको छ। उता, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले वासिङ्टनले कूटनीतिक पहलको कुराकानी गरेर फेरि अर्को आक्रमणका तयारी गरिरहेको दाबी गरेका छन् । उनले अवस्था यस्तै रहे इरान चुप लागेर नबस्ने चेतावनी दिए । यसैबीच, बहराइनस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकका लागि विशेष सुरक्षा सतर्कता जारी गरेको छ। इरान र हुथी विद्रोहीहरूबाट सम्भावित आक्रमणको जोखिम रहेको भन्दै दूतावासले चेतावनी दिएको हो। यसअघि बहराइन सरकारले आफ्नो आकाशमा इरानी आक्रमणलाई वायु रक्षा प्रणाली (एयर डिफेन्स) मार्फत निष्प्रभावी बनाएको जनाएको थियो । यसैबीच हर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरहरूमा विस्फोट भई आगलागी भएको इरानी जलसेनाले जनाएको छ ।
पश्चिम एशियामा तेस्रो अमेरिकी युद्धपोत आइपुग्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






