काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागरमा छठ पूजा गरिन् ।छठ पर्वको अन्तिम दिन सोमवार बिहान गंगासागर घाट पुगेर पौडेलले उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेकी हुन् । उनले विधिपूर्वक सूर्यदेवको पूजा आराधना गर्दै छठी मातासँग सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभयो । छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा गंगासागरमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । व्रतालुहरू पूजाका सामग्रीसहित घाटमा उपस्थित भई सूर्यको पहिलो किरणसँगै अघ्र्य अर्पण गरेका थिए । मिथिलाञ्चलको प्रसिद्ध धार्मिक स्थल गंगासागरमा छठ पर्वको विशेष रौनक देखिएको थियो । उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै यस वर्षको चारदिने छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।
गंगासागरमा रवि लामिछाने पत्नी निकिताद्वारा उदाउँदो सूर्यलाई अर्घ्य

Read Complete Original Article
Published originally on टक्सार






