Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन र विश्लेषण गरी हात्तीको आवागमन तथा बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताएकी छन् । यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष निगरानीमा पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरिनेछ । हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछि नियमित अनुगमनसमेत गरिनेछ । रेडियो कलरबाट प्राप्त सूचनाका आधारमा हात्तीको आवागमन र सम्भावित जोखिमबारे समयमै जानकारी प्राप्त हुने भएकाले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रेडियो कलर वन्यजन्तुको घाँटीमा सुरक्षित तरिकाले बाँधिने विशेष उपकरण हो । यसमा जडित प्रविधिको सहायताले वन्यजन्तुको भौगोलिक अवस्थिति र आवागमनको विवरण प्राप्त गर्न सकिन्छ । यसबाट हात्ती कुन क्षेत्रमा छन्, कुन दिशातर्फ गइरहेका छन् र उनीहरूको आवागमनको नियमित मार्ग कुन हो भन्ने जानकारी पाउन सकिन्छ । रेडियो कलरबाट प्राप्त विवरणको विश्लेषण गरी हात्तीको बासस्थान, विचरण क्षेत्र, आवागमनको समय र बस्ती आसपासको गतिविधि पहिचान गर्न सकिन्छ । विशेषगरी हात्ती नियमित रूपमा बस्ती प्रवेश गर्ने मार्ग तथा जोखिमयुक्त क्षेत्र पहिल्याउन यसले सहयोग पुर्‍याउँछ । प्राप्त सूचनाका आधारमा सम्भावित जोखिमबारे स्थानीय बासिन्दालाई समयमै जानकारी गराउन र आवश्यक सतर्कता अपनाउन सकिन्छ । The post शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बडीमालिकामा सम्पर्कविहीन भएका कार्की मृत भेटिए
Latest NewsJust now

बडीमालिकामा सम्पर्कविहीन भएका कार्की मृत भेटिए

काठमाण्डु धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आज सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । खोजी कार्य […] ...

काठमाण्डुपाटी
ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो
Latest NewsJust now

ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक पोस्ट गरेको छ। सुदूरपश्चिमले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा ‘म्याऊ अरे, सुदूरपश्चिम सुरुबाटै खेल्ने मुडमा थिएन’... ...

रातोपाटी
बालेनका सल्लाहकारले रास्वपा बैठकमा भनेः पत्रकार पक्राउबारे गृहमन्त्रीलाई पूर्वजानकारी थियो
Latest NewsJust now

बालेनका सल्लाहकारले रास्वपा बैठकमा भनेः पत्रकार पक्राउबारे गृहमन्त्रीलाई पूर्वजानकारी थियो

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम साहले शुक्रबार केही पत्रकारलाई पक्राउ गरिएको र केहीलाई पक्रन सञ्चार माध्यमको समाचार कक्षमै प्रहरी पसेको विषयमा नयाँ खुलासा गरेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा शनिबार उनले घटनामा प्रधानमन्त्री र प्रधानमन्त्रीको टिमका कोही सदस्यको संलग्नता नरहेको दाबी गरे । तर, गृहमन्त्री सुधन […] ...

काठमाण्डुपाटी
पृथ्वी राजमार्ग कात्तिक १६ गते तीन घण्टा बन्द हुने
Latest NewsJust now

पृथ्वी राजमार्ग कात्तिक १६ गते तीन घण्टा बन्द हुने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार (भोलि) तीन घण्टा बन्द हुने भएको छ। आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play