Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शिखर इन्स्योरेन्सलाई साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिखर इन्स्योरेन्सलाई साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स’ (साफा) द्वारा निर्जीवन बीमा विधामा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स तथा कर्पोरेट गभर्नेन्स डिस्क्लोजर २०२५ अन्तर्गत यो.सम्मान् प्राप्त गरेको हो । बंगलादेशको ढाकामा आयोजित समारोहमा इन्स्योरेन्सका नायब महाप्रबन्धक सुरज राजवाहकले सम्मान् पत्र ग्रहण गरेका छन् । यस वर्ष निर्जीवन बीमा क्षेत्रबाट यो सम्मान पाउने शिखर इन्स्योरेन्स एकमात्र कम्पनी हो । कम्पनीले लगातार दोस्रो वर्ष साफाबाट यो प्रतिष्ठित सम्मान प्राप्त गरेको हो। गत वर्ष पनि शिखर इन्स्योरेन्स नेपालको बीमा क्षेत्रबाटै यो सम्मान पाउने पहिलो कम्पनी बनेको थियो। साफाको ‘कमिटी फर इम्प्रुभमेन्ट इन ट्रान्सपरेन्सी, अकाउन्टेबिलिटी एन्ड गभर्नेन्स’ द्वारा आयोजित यो अवार्ड दक्षिण एसियाकै कर्पोरेट प्रतिवेदन क्षेत्रको एक प्रतिष्ठित सम्मान मानिन्छ। यस अवार्डका लागि दक्षिण एसियाभरका कम्पनीहरूको वार्षिक प्रतिवेदनलाई वित्तीय प्रतिवेदनको गुणस्तर, विवरण खुलाउने गहिराइ, संस्थागत सुशासन तथा सेयरधनी र सर्वसाधारणमाझ कम्पनीले प्रस्तुत गर्ने स्पष्टताका आधारमा मूल्याङ्कन गरिन्छ। The post शिखर इन्स्योरेन्सलाई साफा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो
Latest NewsJust now

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक जितेको छ । पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न प्रतियोगितामा गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी... ...

रातोपाटी
‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ

पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माण तथा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका काम दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने बताएका छन् । पर्वतमा आज कार्यकर्ता तथा बाढीपहिरो प्रभावित नागरिकसँगको भेटघाटमा उनले हतारमा गरिने कामले भविष्यमा पुनः समस्या निम्त्याउन सक्ने भएकाले वर्तमान र भविष्य दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सिँचाइ पूर्वाधार, नदी नियन्त्रण र विद्युत् सेवाको ...

नेपालन्युज
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Latest NewsJust now

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement