Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘दीर्घकालीन योजनाका आधारमा विकास र पुनःस्थापना गर्नुपर्छ’ : मन्त्री श्रेष्ठ
Photo / Coverage: नेपालन्युज

पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माण तथा विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका काम दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्ने बताएका छन् । पर्वतमा आज कार्यकर्ता तथा बाढीपहिरो प्रभावित नागरिकसँगको भेटघाटमा उनले हतारमा गरिने कामले भविष्यमा पुनः समस्या निम्त्याउन सक्ने भएकाले वर्तमान र भविष्य दुवैलाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सिँचाइ पूर्वाधार, नदी नियन्त्रण र विद्युत् सेवाको गुणस्तर सुधारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधारको पुनःनिर्माण तथा आगामी वर्षका लागि आवश्यक तयारी हिउँदमा नै गर्नुपर्ने उल्लेख गर्दै उनले मन्त्रालय र मातहतका विभागले प्राथमिकताका आधारमा काम गरिरहेको जानकारी दिए । स्थानीयका आवश्यकता पहिचान गर्न र प्रत्यक्ष प्रभावित क्षेत्रको अवस्था बुझ्न आफू जिल्ला आएको बताउँदै मन्त्री श्रेष्ठले मन्त्रालय र सिङ्गो सरकारको ध्यान पर्वतका समस्याको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटघाटका क्रममा जिल्लाका विभिन्न क्षेत्रका नागरिकले सामुदायिक विद्युतीकरण, कृषि, सिँचाइ, पुनःनिर्माण र पुनर्वासका विषयमा मन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए । यसअघि मन्त्री श्रेष्ठले शनिबार नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रको निरीक्षण गरी विद्युत् सेवामा देखिएका समस्या र तिनका कारणबारे कर्मचारीसँग जानकारी लिएका थिए । यसैगरी उनले विपद्ग्रस्त क्षेत्रका रूपमा सूचीकृत जलजला गाउँपालिकामा पुगेर बाढीपहिरोले पुर्‍याएको क्षतिको अनुगमन गर्नुका साथै प्रभावित नागरिकका गुनासा सुनेका थिए । उनले बाढीपहिरो प्रभावितको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले विशेष योजना बनाएर काम अघि बढाएको बताउँदै राहत तथा पुनर्वासका काम छिट्टै सुरु हुने जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आर्थिक लाभ लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित
Latest NewsJust now

आर्थिक लाभ लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

बाँके । बाँकेमा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत कार्यरत प्रहरी जवान श्रीषराम थारु र टोपबहादुर खड्कालाई निलम्बन गरेको हो। कार्यालयका अनुसार अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जमा कार्यरत खड्काले ...

नेपालन्युज
श्रीमानको कुटपिटबाट गयो श्रीमतीको ज्यान
Latest NewsJust now

श्रीमानको कुटपिटबाट गयो श्रीमतीको ज्यान

सरिता दाहालहेटौंडा, मंसिर १२ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। इन्द्रसरोवर –४ गोठभित्ता बस्ने अन्दाजी ४० व... ...

गोरखापत्र
गृहजिल्लामै अमरेशको विरोध, कालो झण्डासहित पुत्ला दहन
Latest NewsJust now

गृहजिल्लामै अमरेशको विरोध, कालो झण्डासहित पुत्ला दहन

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा विरोध गरिएको छ । हिन्दु सम्राट सेनाका कार्यकर्ताले मलंगवामा सिंहविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् ।... ...

रातोपाटी
शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो
Latest NewsJust now

शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण, आर्मी दोस्रो

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक जितेको छ । पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न प्रतियोगितामा गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement