Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

आर्थिक लाभ लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्थिक लाभ लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित
Photo / Coverage: नेपालन्युज

बाँके । बाँकेमा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत कार्यरत प्रहरी जवान श्रीषराम थारु र टोपबहादुर खड्कालाई निलम्बन गरेको हो। कार्यालयका अनुसार अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जमा कार्यरत खड्काले मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेकै अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो मंसिर १० गते फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। कार्यालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार मंसिर ११ गतेदेखि लागू हुने गरी दुवै प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
Latest NewsJust now

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा । शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको छ । परीक्षा हलमा मोबाइल फोन लैजान... ...

रातोपाटी
रिगलको आममाफीविरुद्ध आवाज उठाउँदै आएका पत्रकारमाथि नेपालगञ्जमा हानियो रड
Latest NewsJust now

रिगलको आममाफीविरुद्ध आवाज उठाउँदै आएका पत्रकारमाथि नेपालगञ्जमा हानियो रड

नेपालगञ्ज– कर्तव्य ज्यान अभियोगमा जेल जीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई दिइएको आममाफीको विरोध गर्दै आएका पत्रकार आशिष मल्लमाथि शनिबार साँझ नेपालगञ्जमा रड प्रहार भएको छ। रड आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ। मल्ल नेपालगञ्ज उपमहानगरपालिका–१० औद्योगिक क्षेत्रस्थित ‘लाहुरे रेस्टुरेन्ट’मा कफी पिइरहेका बेला कालो कपडा लगाएका […] ...

काठमाण्डुपाटी
लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुमवासी, मन्त्री रावललाई बुझाए ज्ञापनपत्र
Latest NewsJust now

लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा सुकुमवासी, मन्त्री रावललाई बुझाए ज्ञापनपत्र

मन्त्री रावलसँगको भेटका क्रममा सुकुमवासी परिवारका प्रतिनिधिहरूले आफ्ना समस्या र माग समेटिएको ज्ञापनपत्र बुझाउँदै उचित आवास तथा व्यवस्थापनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । ...

कान्तिपुर
किरण थापालाई मुख्यमन्त्री बन्न सघाएका तामाङले पाएनन् जिम्मेवारी, थापा चाहन्छन्- राजीनामा दिऊन्
Latest NewsJust now

किरण थापालाई मुख्यमन्त्री बन्न सघाएका तामाङले पाएनन् जिम्मेवारी, थापा चाहन्छन्- राजीनामा दिऊन्

बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेपछि एमाले नेतृत्वको सरकार बनाउने रस्साकस्सी सुरु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमती अनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले लिने निर्णय भयो। तर सरकार गठनका लागि अंकगणित नपुग्ने भएपछि एम... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement