Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
Photo / Coverage: टेक्नोलोजी खबर

शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ। परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित लिखित परीक्षामा छ हजार ८३६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षाको निष्पक्षता, गोपनीयता र मर्यादा कायम राख्न शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिकामा परीक्षा हलभित्र मोबाइल फोन लैजान नपाइने व्यवस्था छ। रासस The post शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द
TechnologyJust now

साइबर घटनापछि बेलायतको ‘डी डब्ल्यूपी’ का केही अनलाइन सेवा बन्द

बेलायतको कार्य तथा पेन्सन विभाग (डी डब्ल्यूपी) ले आफ्ना प्रणालीमा साइबरसम्बन्धी घटना पहिचान गरेपछि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विभागले शुक्रबार उक्त घटनाबारे जानकारी दिँदै प्रभावित प्रणालीको अनुसन्धान तथा सेवा पुनः सञ्चालनका लागि काम भइरहेको जनाएको छ। डी डब्ल्यूपीले राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सरकारी साइबर समन्वय केन्द्रसँग नजिकबाट सहकार्य गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको छ। सेवाहरू सकेसम्म चाँडो ...

टेक्नोलोजी खबर
कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड
TechnologyJust now

कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैको सहज र व्यवस्थित सहभागितामा मन्त्री बादीको जोड

१२ मंसिर, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले कर्णालीमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्न आउने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि सहज, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ। आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्री बादीले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै नागरिकको […] The post कर्णालीमा जारी ...

आइसिटी फ्रेम
च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई
TechnologyJust now

च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्दै ओपनएआई

ओपनएआईले च्याटजीपीटीमा च्याट र वर्क सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रक्रिया केही प्रयोगकर्ताका लागि सुरु गरेको छ। तर, यो एकीकरणले आफ्नो प्रयोगमा सीमा लगाउन सक्ने भन्दै केही सदस्यता लिएका प्रयोगकर्ताले असन्तुष्टि जनाएका छन्। उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केही प्रो सदस्यका लागि यो अपडेट लागू गर्न थालिएको जानकारी दिएका छन्। यसअघि ओपनएआईले प्रयोगकर्तालाई पठाएको इमेलमार्फत ...

टेक्नोलोजी खबर
कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित
TechnologyJust now

कृषि विकास बैंक साफा (SAFA) को ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट लगातार दोस्रो वर्ष सम्मानित

१२ मंसिर, काठमाडौं। कृषि विकास बैंक साफा (SAFA) द्वारा लगातार दोस्रो बर्ष “Certificate of Merit” अवार्ड बाट सम्मानित कृषि विकास बैंक लिमिटेड लगातार दोस्रो वर्ष साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (SAFA) द्वारा प्रदान गरिने ‘Certificate of Merit’ अवार्डबाट सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उत्कृष्ट वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन प्रस्तुत गरेबापत […] The post कृषि विकास ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement