शिक्षकलाई सामाजिक सञ्जालमा पदीय आचरण ननाघ्न निर्देशन

चितवन । शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षकहरूलाई सो निर्देशन जारी गरेको हो । इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुनी व्यवस्था र आचारसंहिताको पूर्णपालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न निर्देशन दिएको हो । इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले कानुन तथा नियममा भएका व्यवस्थाबारे स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई सचेत गराइएको बताए । जिल्लाका केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भनी विभिन्न माध्यमबाट गुनासा प्राप्त भएकाले यस विषयमा सचेत गराइएको उनले बताए । उनले भने, “कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना गर्न सबैले पर्दछ ।” शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम ९१० को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा भएका व्यवस्थाको स्मरण गराउँदै इकाईले शिक्षक तथा कर्मचारीलाई कानुनी प्रावधानको पालना गर्न आग्रह गरेको हो । उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको सम्बन्धमा खलल पार्नेगरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा निषेधात्मक व्यवस्था रहेको निर्देशनमा उल्लेख छ । शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिताको पालना गरे÷नगरेको विषयमा प्रभावकारी नियमन तथा अनुगमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
_3MeMKkJ8Mc.webp)
शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अर्वन चक्रवात प्रभावका कारण मौसममा आउन सक्ने बदलाब र सम्भावित प्राकृतिक विपद्लाई... ...

थाइल्यान्डमा ‘सगरमाथादेखि समुद्रसम्म’ क्षेत्रीय संवाद गरेर नेपालले बतायो विपदको वितण्डा
नेपाल सरकार, नेपाली राजदूतावास बैंकक र संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवाद सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्रमा आयोजित संवादमा हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्का जोखिम, तिनको सीमापार प्रभा... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको नाम अद्यावधिक गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको... ...

चीनको सुन सञ्चय अभियान: अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक प्रयास
डलर निर्भरता विरुद्ध रणनीतिक हेज ...


