Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । शान्ति र विकासका लागि विश्व विज्ञान दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको मूल नारा ‘विज्ञान कूटनीतिमार्फत साझा आधार निर्माण’ तय गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्ष विज्ञानलाई अन्तर्राष्ट्रिय सहकार्य, संवाद र साझा अनुसन्धानको माध्यमबाट देशहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित गरेको छ । राजनीतिक तनाव र मतभेदका बीच पनि विज्ञानले विभिन्न देश र समुदायलाई साझा उद्देश्यमा जोड्न सक्ने सन्देश यस वर्षको नाराले दिएको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, जनस्वास्थ्य सङ्कट तथा नयाँ प्रविधिको विकासजस्ता विश्वव्यापी चुनौती कुनै एउटा देशको प्रयासले मात्र समाधान गर्न सम्भव छैन । यस्ता समस्या समाधानका लागि वैज्ञानिक ज्ञान, अनुसन्धान, प्रविधि र अनुभवको अन्तर्राष्ट्रिय आदानप्रदान आवश्यक रहेकोमा यस वर्ष जोड दिइएको छ । विज्ञान कूटनीति भन्नाले वैज्ञानिक अनुसन्धान र सहकार्यलाई देशहरूबीच संवाद, विश्वास तथा सम्बन्ध विस्तारको माध्यमका रूपमा प्रयोग गर्नु हो । यसले राजनीतिक सम्बन्ध तनावपूर्ण भएका अवस्थामा समेत वैज्ञानिक समुदाय, अनुसन्धान संस्था र विश्वविद्यालयबीच सहकार्यका अवसर सिर्जना गर्न सक्छ। जलवायु अध्ययन, महामारी नियन्त्रण, प्राकृतिक विपद् व्यवस्थापन र वातावरण संरक्षण यसका महत्वपूर्ण क्षेत्र हुन् । विश्व विज्ञान दिवसले समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, शान्ति र दिगो विकासका लागि वैज्ञानिक सहकार्य प्रवर्द्धन गर्ने तथा अनुसन्धान र वैज्ञानिक उपलब्धिलाई आमनागरिकसम्म पुर्‍याउने उद्देश्य राखेको छ । युनेस्कोले सन् २००१ मा घोषणा गरेको यो दिवस सन् २००२ देखि हरेक वर्ष नोभेम्बर १० मा मनाउन थालिएको हो । यस अवसरमा विश्वभरका शैक्षिक संस्था, अनुसन्धान केन्द्र, वैज्ञानिक समुदाय र विभिन्न सङ्घसंस्थाले छलफल, कार्यशाला, प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छन् । The post शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप
Latest NewsJust now

वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप

वीरगञ्ज महानगरपालिकाको विकास निर्माण तथा विभिन्न सामग्री आपूर्ति गरेका ठेकेदार र व्यवसायीहरू लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक संकट ...

हाम्राकुरा
धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट
Latest NewsJust now

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ ।सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको ख... ...

गोरखापत्र
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष
Latest NewsJust now

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

वासिङ्टन । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको ...

केन्द्रबिन्दु
कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह
Latest NewsJust now

कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play