Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शादाबको कीर्तिमानी शतकमा पाकिस्तानको रोमाञ्चक जित

शादाबको कीर्तिमानी शतकमा पाकिस्तानको रोमाञ्चक जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
शादाबको कीर्तिमानी शतकमा पाकिस्तानको रोमाञ्चक जित

लाहोर । शादाब खानको अविजित शतक र हारिस राउफसँगको कीर्तिमानी साझेदारीको मद्दतमा पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) त्रिकोणात्मक शृंखलामा इंग्ल्याण्डलाई एक विकेटले पराजित गरेको छ । गद्दाफी रंगशालामा २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.१ ओभरमा नौ विकेट गुमाएर २४३ रन बनाउँदै अक्टोबर ३१ मा हुने फाइनलमा स्थान पक्का गरेको हो । पाकिस्तान १५४ रनमा नौ विकेट गुमाएर जितका लागि थप ८८ रन आवश्यक पर्ने कठिन अवस्थामा पुगेको थियो । तर, शादाबले ९६ बलमा अविजित ११३ रन बनाएपछि खेलको नतिजा पाकिस्तानको पक्षमा मोडिएको हो । उहाँले १३ चौका र पाँच छक्का प्रहार गर्नुभयो । अन्तिम विकेटका लागि शादाब र हारिसले अविजित ८९ रनको साझेदारी गर्नुभयो । सफल ओडिआई लक्ष्य पछ्याउने क्रममा दशौँ विकेटका लागि भएको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि यो कीर्तिमान ६४ रनको थियो । जितका लागि २७ रन आवश्यक हुँदा शादाबले गस एट्किन्सनलाई फाइन लेगमाथि छक्का प्रहार गर्नुभयो । त्यसपछि एट्किन्सनको बलमा उहाँ एलबिडब्ल्यू आउट घोषित हुनुभयो । शादाबले रिभ्यु लिएपछि अल्ट्राएजमा ब्याटमा बल लागेको देखियो र निर्णय उल्टियो । जीवनदान पाएपछि उहाँले एट्किन्सनलाई चौका प्रहार गर्दै ९१ बलमा आफ्नो पहिलो ओडिआई शतक पूरा गर्नुभयो । त्यसपछि अर्को चौका र छक्का प्रहार गर्दै पाकिस्तानलाई जितको नजिक पुर्‍याउनुभयो । हारिसले डेब्यु खेलाडी हेनरी क्रोम्बलाई चौका प्रहार गर्दै जित सुनिश्चित गर्नुभयो । हारिसले १८ बलमा तीन रन बनाउनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्ड ४६.४ ओभरमा २४१ रनमा अल आउट भएको थियो । बेन डकेटले १११ बलमा १० चौका र दुई छक्कासहित १०५ रन बनाउनुभयो । साम करनले ४२ रन जोड्दै डकेटसँग पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गर्नुभयो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४६ रन दिएर चार विकेट लिनुभयो । रजाउल्लाहले दुई तथा हारिस राउफ र अराफातले समान एक विकेट लिनुभयो । डकेटको शतकका बाबजुद इंग्ल्याण्डले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन । लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका फखर जमान (१०), साइम अयुब (६) र बाबर आजम (१०) सस्तैमा आउट हुनुभयो । साद बैगले २२ बलमा ३२ रन बनाए पनि पाकिस्तानको संकट टरेन । सलमान अली आघाले २६ रन जोड्नुभयो । तर, शादाबको धैर्य र आक्रामक ब्याटिङले पाकिस्तानलाई अविश्वसनीय जित दिलायो । इंग्ल्याण्डले लगातार अर्को निराशाजनक हार बेहोर्दा पाकिस्तान भने फाइनलमा प्रवेश गर्न सफल भएको छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।  हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो लगायत मुद्रा भने महँगिएका थिए।  आज... ...

नेपालखबर
मिनी संसदमा विधेयकको चाप
ताजा खबरJust now

मिनी संसदमा विधेयकको चाप

काठमाडौँ, कात्तिक १० गते । सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा... ...

गोरखापत्र
राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने
ताजा खबरJust now

राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने

नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ।  वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको  राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो।  वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम द... ...

नेपालखबर
नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता
ताजा खबरJust now

नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता

नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको प्रमुख राजनीतिक शक्ति हो । प्रजातन्त्रको स्थापना, नागरिक स्वतन्त्रताको रक्षा र लोकतान्त्रिक व्यवस्था निर्माणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ तर इतिहासको गौरवशाली विरासतले मात्र वर्तमानको राजनीतिक आवश्यकता पूरा गर्न सक्दैन । बदलिँदो समाज, नागरिकका नयाँ आकांक्षा र राजनीतिक दलप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न कांग्रेसले आफूभित्र गम्भीर समीक्षा, सुधार र रूपान्तरणको प्रक्रिया अघि ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play