शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं। शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ। पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो । विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व सङ्कलन भएको जानकारी दिइन् । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएको उनले जानकारी दिइन् । विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजस्व सङ्कलन गरेको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरिन् । उनका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन भएको हो । यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही र आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ । उक्त हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४९३ आरोहीले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिइन् । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीट्जरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

'भी-बोन' बन्यो त्रियुगा गोल्ड कप २०८३ को 'अफिसियल चेयर पार्टनर'
काठमाडौं । नेपाली बजारमा गुणस्तरीय अफिस कुर्सी (चेयर) उत्पादन तथा बजारीकरण गर्दै आएको प्रतिष्ठित ब्रान्ड 'भी-बोन' (V-BON) 'त्रियुगा गोल्ड कप २०८३' को अफिसियल चेयर पार्टनर बनेको छ। पूर्वको गौरवका रूपमा... ...

नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव हट्यो, अब मौसम सफा र घमाइलो हुने
काठमाडौं । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै देशभरको मौसममा क्रमिक सुधार आउन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा अधिकांश स्थानमा मौसम सफा र घमाइलो हुँदै जानेछ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै मौसममा उल्लेखनीय सुधार देखिएको छ । पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा छिटपुट वर्षा […] ...

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीमा रेडियो कलर जडानको काम अघि बढाउन निर्देशन दिएको हो। हात्तीको आवागमनसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले यो प्रक्रिया ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
देशका चार जिल्लामा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। ...


