Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

व्यापार मात्र होइन, उत्पादन र नवप्रवर्तनमा सहकार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यापार मात्र होइन, उत्पादन र नवप्रवर्तनमा सहकार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित रणनीतिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’मा बोल्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक आर्थिक साझेदार रहेको बताए । उनले दुवै देशले एकअर्कालाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, लगानी, प्रविधि हस्तान्तरण र साझा समृद्धिका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे । लामो समयदेखि आर्थिक सम्बन्ध कायम रहे पनि व्यापार, लगानी र औद्योगिक सहकार्यका क्षेत्रमा पर्याप्त सम्भावना उपयोग हुन नसकेको उनको भनाइ थियो । अग्रवालले नेपाल–भारत आर्थिक साझेदारीलाई प्रभावकारी बनाउन व्यापार सहजीकरण तथा बजार पहुँच, लगानी तथा औद्योगिक सहकार्य, ऊर्जा तथा कनेक्टिभिटी, प्रविधि तथा डिजिटल अर्थतन्त्र र पर्यटन, कृषि एवं साना तथा मझौला उद्यमलाई प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरे ।उनका अनुसार व्यापार सहज बनाउन गैरभन्सार अवरोध न्यूनीकरण, भन्सार प्रक्रिया सरलीकरण, सीमावर्ती नाकामा हुने ढिलाइ समाधान, मापदण्डको सामञ्जस्यता तथा व्यापार नीतिमा स्थिरता आवश्यक छ । सीमापार व्यापारलाई समय र लागतका हिसाबले प्रभावकारी बनाउनु दुवै देशको साझा प्राथमिकता हुनुपर्ने उनले बताए । नेपालमा जलविद्युत्, कृषि, उत्पादनमूलक उद्योग, सूचना प्रविधि, पूर्वाधार, स्वास्थ्य सेवा तथा खनिजमा आधारित उद्योगमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै उनले भारतीय लगानीकर्ताले संयुक्त लगानी, प्रविधि हस्तान्तरण, मूल्य शृंखला एकीकरण र दीर्घकालीन पूँजी लगानीमार्फत नेपालको औद्योगिक विकासमा योगदान गर्न सक्ने बताए । ऊर्जा सहकार्यलाई द्विपक्षीय आर्थिक सम्बन्धको महत्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिँदै अग्रवालले विद्युत् व्यापार विस्तार, सीमापार प्रसारण पूर्वाधार विकास तथा ऊर्जा उपयोग गर्ने उद्योगमा लगानी प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । त्यस्तै, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनका क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय प्रविधि, डिजिटल भुक्तानी, सूचना प्रविधि स्टार्टअप तथा ज्ञान आदानप्रदानलाई द्विपक्षीय साझेदारीको हिस्सा बनाउनुपर्ने उनले बताए । पर्यटन, कृषि आधुनिकीकरण, खाद्य प्रशोधन तथा सूक्ष्म, साना र मझौला उद्यमबीचको सम्बन्ध सुदृढीकरणमा पनि नेपाल–भारत सहकार्यको ठूलो सम्भावना रहेको अग्रवालको भनाइ थियो । एकीकृत पर्यटन मार्ग, सीमापार पर्यटन लगानी, कृषि उत्पादनको आधुनिकीकरण र खाद्य प्रशोधन उद्योगको विकासले रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धि प्रवद्र्धन गर्न सक्ने उनले उल्लेख गरे । निजी क्षेत्रका प्रतिनिधिका रूपमा संवाद र घोषणामा मात्र सीमित नभई ठोस साझेदारी, मापनयोग्य उपलब्धि तथा कार्यान्वयनयोग्य प्रतिबद्धतामा जोड दिनुपर्ने अग्रवालले बताए । यस्तो साझेदारीले युवाका लागि रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, महिला नेतृत्वका उद्यमलाई सशक्त बनाउने तथा साना र मझौला व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राख्नुपर्ने उनको धारणा थियो । नेपाल र भारतको आर्थिक भविष्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अग्रवालले सरकार, निजी क्षेत्र, लगानीकर्ता तथा व्यावसायिक संस्थाबीच निरन्तर सहकार्य, विश्वास र साझा प्रयासबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसादलगायतको उपस्थिति रहेको थियो । The post व्यापार मात्र होइन, उत्पादन र नवप्रवर्तनमा सहकार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)
Latest NewsJust now

गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)

काठमाडौँ । उपत्यका बाहिर जाने दिवा तथा रात्रि बस तथा माइक्रोबस अनिवार्य रूपमा गोंगुबु बसपार्कबाट मात्रै छुट्नुपर्ने नियमको कार्यान्वयन भने फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा काठमाडौँ उपत्यका ट्राफिक... ...

रातोपाटी
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा जागिर खाएको आरोपमा भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। प्यूठानको सरुमारानी गाउँपालिका–४ का मगरले रुम्जाटार माध्यमिक विद्यालय हुँदै खानेपानी मन्त्रालयअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करारमा सबइन्जिनियर पदमा काम गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ...

नेपालन्युज
यातायात कार्यालय रुपन्देहीमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ
Latest NewsJust now

यातायात कार्यालय रुपन्देहीमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ

बुटवल बेलबासस्थित यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेहरूमा गुल्मी मालिकाका २३ वर्षीय मनोज अर्याल, रूपन्देही तिलोत्तमाका ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल बस्ने ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन् । ...

कान्तिपुर
एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ
Latest NewsJust now

एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ

विराटनगर। कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिएको बताएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ विषयक अन्तरमन्त्रालय तथा सरोकारवालाको गोष्ठी उद्घाटन गर्दै उनले सामान्य ज्वरो र रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्य जोखिम बढाएको बताए। उनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गर्दै यसको दीर्घकालीन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement