व्यवसाय विविधीकरणतर्फ हिमालय कृषि कम्पनी

काठमाडौं । हिमालय नेपाल कृषि कम्पनीको पहिलो वार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । कम्पनीको काठमाडौंमा आयोजित प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रममा कम्पनीको उत्पादनदेखि विश्वबजारसम्म भन्ने नारासहित विशेष रणनीति तथा व्यवस्थापन प्रतिज्ञापत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको कृषि क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन र बजारबीचको कमजोर सम्बन्ध, प्रशोधन तथा मूल्य अभिवृद्धिको अपर्याप्तता चुनौतीका रूपमा रहेको बताउनुभएको थियो । जसलाई अवसरमा रूपान्तरण गर्दै नेपाली कृषिलाई आधुनिक, वैज्ञानिक, प्रविधिमैत्री, वातावरणमैत्री तथा व्यावसायिक बनाउने, स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषि उपजको प्रशोधन, बजारीकरण र निर्यात प्रवर्द्धन गर्ने तथा कृषकको आम्दानी र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउँदै आयात निर्भरता क्रमशः घटाउने दीर्घकालीन सोचसाथ कम्पनीको स्थापना गरिएको उहाँको भनाइ थियो । शर्माले कम्पनीको उद्देश्य केवल कृषि उत्पादन गर्ने वा कृषि वस्तु किनबेच गर्ने कम्पनी बन्नुमात्र नभई उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण, कृषि सामग्री आयात, स्वदेशी उत्पादन निर्यात, कृषि जग्गा उपयोग, पानी प्रशोधन, जैविक मल उत्पादन र कृषि उद्यमको संस्थागत एकीकरणसम्मका सम्भावनालाई एउटै व्यावसायिक प्रणालीमा जोड्न चाहेको बताउनुभएको थियो । कृषि परियोजनाको विकास बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई कम्पनीको महत्त्वपूर्ण सञ्चालन आधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गरी विभिन्न आम्दानीका स्रोत निर्माण गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ । कम्पनीको गैरचालु सम्पत्ति चार करोड ८६ लाख, चालु सम्पत्ति पाँच करोड ३१ लाख र कुल सम्पत्ति १० करोड १७ लाख रुपैयाँ रहेको बताइएको छ । त्यसैगरी सेयर पुँजी तीन करोड ७० लाख, अग्रिम सेयर पुँजी पाँच करोड ७९ लाख र सञ्चित कोष तथा जगेडा सात लाख ३७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८३/८४ को प्रमुख लक्ष्य १८ करोडको बिक्री कारोबार, आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको प्रस्तावित बिक्री कारोबार लक्ष्य १८ करोड रहेको र सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्य कम्पनीको रहेको जनाएको छ । कम्पनीकी अध्यक्ष प्राडा चण्डिका पण्डितले एकीकृत व्यावसायिक मोडलको उद्देश्यसहित निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणालीमा रूपान्तरण गर्नु नै कम्पनीको मुख्य उद्देश्य भएको बताउनुभएको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को ...

आज पनि केही सडक अवरुद्ध
काठमाडौं । वर्षासँगैको बाढी-पहिरो र सडक कटानको कारण आज (मंगलबार)पनि देशका केही सडक अवरुद्ध छन्। केही राजमार्गमा भने एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। बाढीको कारण गोरखाको आरुघाटमा राजमार्ग पूर्ण रूपमा अरुद्ध छ। सोतीमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट दादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। त्यसैगरी आरुघाट( ९ नयाँ पुलमा पनि बाढीको कारण गोरखा आरुघाटबाट दादिङ ...

ह्यारी केनले पहिलोपटक जिते बालोन डी’ओर अवार्ड
• इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्, जसले उनलाई २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनाएको छ। • स्पेनकी एलेक्सिया पुटेलासले महिलातर्फ तेस्रो पटक बालोन डी’ओर जितेकी छन्, जसले उनलाई तीन पटक यो अवार्ड जित्ने स्पेनी खेलाडी आइताना बोनमतीको बराबरीमा पुर्याएको छ। • बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो, ...

सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ
जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् । पक्राउ... ...


