Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
Photo / Coverage: नेपालन्युज

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ। छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो। वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै संस्थागत क्षमता विकास गर्न दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ। यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र गर्ने प्रस्ताव समेत अघि बढाइएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो
Latest NewsJust now

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ। धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन्। डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार नौ हज... ...

नेपालखबर
राष्ट्रिय राजमार्गका सडक आयोजना समयमै सम्पन्न गर्न सभापति गजुरेलको निर्देशन
Latest NewsJust now

राष्ट्रिय राजमार्गका सडक आयोजना समयमै सम्पन्न गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौँ ।पूर्व–पश्चिम राजमार्गसहित राष्ट्रिय राजमार्गका विभिन्न सडक आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई कडा निर्देशन दिएका छन्। सभापति गजुरेलको संयोजकत्वमा... ...

रातोपाटी
तिहार नजिकिएसँगै माटाका पाला बनाउन भ्याइनभ्याइ !
Latest NewsJust now

तिहार नजिकिएसँगै माटाका पाला बनाउन भ्याइनभ्याइ !

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाका पाला बनाउन भ्याइनभ्याइ छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा लक्ष्मीपूजाका दिन माटाका पाला बाल्ने परम्परा रहेकाले भक्तपुरको दरबार स्क्वायर आसपासस्थित कुमाले टोलका प्रजापति समुदायका सदस्यहरू यतिबेला पाला बनाउन व्यस्त छन् । कुमाले टोलमा अहिले कसैले माटो मुछिरहेका छन् त कसैले चक्रमा माटो राखेर पालालाई आकार दिइरहेका छन् । कोही तयार भएका पाला ...

केन्द्रबिन्दु
लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
Latest NewsJust now

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौं।सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ। पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन्। उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play