Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

वैज्ञानिकले बनाए जीवित मानिसको झैं मांसपेशीबाट चल्ने रोबोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैज्ञानिकले बनाए जीवित मानिसको झैं मांसपेशीबाट चल्ने रोबोट
Photo / Coverage: टेक्नोलोजी खबर

स्विट्जरल्यान्डको इथ ज्युरिखका वैज्ञानिकहरूले जीवित मांसपेशी र कृत्रिम सामग्री प्रयोग गरेर चल्न, पौडिन र वस्तु समात्न सक्ने रोबोट तयार गरेका छन्। मुसाका कोषबाट प्रयोगशालामा विकास गरिएको मांसपेशीलाई कृत्रिम कंकालसँग जोडेर बनाइएको यस्तो रोबोटको चाल यसअघिका संस्करणको तुलनामा १० गुणाभन्दा बढी सुधार भएको अनुसन्धानकर्ताले बताएका छन्। विश्वविद्यालयको सफ्ट रोबोटिक्स ल्याबले विकास गरेको यो प्रविधिमा जीवित मांसपेशीलाई विशेष संरचनामार्फत कृत्रिम कंकालमा जोडिन्छ। अनुसन्धानले रोबोटको चालका लागि मांसपेशीको मात्रा मात्र नभई त्यसले कंकालसँग गर्ने अन्तरक्रिया पनि महत्त्वपूर्ण हुने देखाएको छ। टेलिग्राफका अनुसार प्राध्यापक रोबर्ट काट्सम्यानको नेतृत्वमा भइरहेको यस परियोजनाले रोबोटलाई प्राकृतिक तरिकाले निर्माण गर्ने प्रविधिको विकासमा नयाँ सम्भावना देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार जीवित मांसपेशी र कृत्रिम संरचनाको संयोजनबाट रोबोटको चाललाई थप प्रभावकारी बनाउन सकिन्छ। यद्यपि अहिले यी रोबोटलाई पोषकतत्त्वयुक्त घोलभित्र मात्र सञ्चालन गर्न सकिन्छ। उक्त घोलले जीवित मांसपेशीको अस्तित्व कायम राख्न आवश्यक वातावरण उपलब्ध गराउँछ। अनुसन्धानको अर्को महत्त्वपूर्ण पक्ष जीवित मांसपेशीको प्रतिक्रियामा देखिने प्राकृतिक भिन्नता हो। कारखानामा निर्मित कृत्रिम उपकरणको तुलनामा जीवित मांसपेशीले सधैँ एकै प्रकारले प्रतिक्रिया नदिने अनुसन्धानकर्ताले पाएका छन्। अध्ययनकी सहलेखक आइस्टे बाल्चुनाइटेका अनुसार परियोजनालाई विभिन्न चरणमा विकास गरिएको हो। यस क्रममा कम्प्युटर मोडेलको प्रयोग गरी मांसपेशीको संरचनासमेत पुनः डिजाइन गरिएको थियो। यसअघिका संस्करणमा मांसपेशी खुम्चिँदा हुने चाल निकै सानो हुने भएकाले कहिलेकाहीँ सूक्ष्मदर्शकबाट मात्र देख्न सकिन्थ्यो। नयाँ संस्करणमा भने रोबोटको चाल नाङ्गो आँखाले समेत देख्न सकिने भएको छ। एक सेन्टिमिटरभन्दा ठूला जैविक संवेग उत्पन्न गर्ने संरचना (बायोहाइब्रिड एक्टुएटर) ले अहिले वस्तु समात्न र चल्न सक्छन्। यही प्रविधिबाट बनाइएका केही रोबोटलाई हिँड्न सक्ने गरी प्रोग्राम गरिएको छ। ती रोबोटले प्रतिसेकेन्ड ६.२ मिलिमिटरको गति हासिल गरेका छन्। जीवित तन्तु प्रयोग गरेर बनाइएका रोबोटले विज्ञानकथा चलचित्र ‘टर्मिनेटर’को झल्को दिए पनि अनुसन्धानकर्ताहरूले यसको मुख्य सम्भावना वैज्ञानिक अनुसन्धान र चिकित्सा क्षेत्रमा रहेको बताएका छन्। The post वैज्ञानिकले बनाए जीवित मानिसको झैं मांसपेशीबाट चल्ने रोबोट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टाटा गुरुहरुकालागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु
TechnologyJust now

टाटा गुरुहरुकालागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु

नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा १४ स्थानमा टाटा गुरुहरुकालागी प्राविधिक प्रशिक्षण तालिम सञ्चालन हुँदै १६ कात्तिक, काठमाडौं। नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप […] The post टाटा गुरुहरुकालागी ...

आइसिटी फ्रेम
ड्राइभिङ लाइसेन्समा मोबाइल नम्बर गलत छ ? यसरी अनलाइबाट सच्याउन सकिने
TechnologyJust now

ड्राइभिङ लाइसेन्समा मोबाइल नम्बर गलत छ ? यसरी अनलाइबाट सच्याउन सकिने

काठमाडौं । तपाईंको ड्राइभिङ लाइसेन्समा उल्लेख भएको मोबाइल नम्बर गलत छ ? पुरानो नम्बर बन्द भइसकेको छ वा अरूकै नाममा दर्ता भएको सिम प्रयोग गरिरहनुभएको छ ? अब यस्तो समस्या समाधान गर्न यातायात कार्यालय धाइरहनुपर्ने झन्झट नहुन सक्छ । आफ्नो ड्राइभिङ लाइसेन्समा रहेको मोबाइल नम्बर अनलाइनबाटै अद्यावधिक गर्न सकिने सुविधा उपलब्ध छ ।मोबाइल नम्बर परिवर्तन गर्न सबैभन्दा पहिले यातायात व्यवस्था ...

आइसिटी समाचार
एनपीएलसँग इन्ड्राइभको साझेदारी, दर्शकहरुलाई नि:शुल्क सटलदेखि उपहारसम्म
TechnologyJust now

एनपीएलसँग इन्ड्राइभको साझेदारी, दर्शकहरुलाई नि:शुल्क सटलदेखि उपहारसम्म

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ ।अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी-२० क्रिकेट प्रतियोगितामा इन्ड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गर्ने भएको हो ।यस साझेदारीमार्फत इन्ड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्धलाई अझ ...

आइसिटी समाचार
मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा
TechnologyJust now

मेटा प्लेटफर्म्सले मिलायो लत लाग्ने गरी डिजाइन गरेको भन्दै एक किशोरीले हालेको मुद्दा

फेसबुक र इन्स्टाग्रामलाई लत लाग्ने गरी डिजाइन गरेको र त्यसका कारण मानसिक स्वास्थ्य समस्या तथा खानपानसम्बन्धी विकार उत्पन्न भएको आरोप लगाउने एक किशोरीसँग मेटा प्लेटफर्म्सले मुद्दा मिलाएको छ। किशोरीका वकिलहरूले शुक्रबार यसबारे जानकारी दिएका हुन्। रोयटर्सका अनुसार मेटा र स्न्यापच्याटको मूल कम्पनी स्न्याप इंकविरुद्ध दुई किशोरीले दायर गरेको मुद्दाको सुनुवाइका लागि बुधबारदेखि निर्णायक मण्डल छनोट प्रक्रिया सुरु भएको थियो। एस.जे. र ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play