विश्व भोकमरी सूचकांकमा नेपालको सुधार

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि अघिल्लो वर्षको तुलनामा सामान्य सुधार देखिएको हाे । प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०२५ मा नेपालको अंक १४.८ थियो । यसअघि सन् २०२४ मा १४.७ अंक रहेको नेपालले पछिल्लो वर्ष केही गिरावट बेहोरे पनि यसपटक सुधार गरेको हो । भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ । नेपालको भोकमरीको अवस्था विगत दुई दशकमा उल्लेख्य सुधार भएको तथ्यांकले देखाउँछ । सन् २००० मा नेपालको जीएचआई अंक ३७.१ थियो । त्यतिबेला नेपाल गम्भीर भोकमरीको श्रेणीमा थियो । सन् २०१८ मा १८.४ अंक रहेको नेपालको सूचकांक क्रमशः घट्दै आएको छ । दक्षिण एसियाली मुलुकसँग तुलना गर्दा नेपालको अवस्था क्षेत्रीय औसतभन्दा राम्रो देखिएको छ । सूचकांकमा श्रीलंका १०.२ अंकसहित ५३औँ, नेपाल १४.५ अंकसहित ७२औँ, बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन् । अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबिच झडप, कैयौँ हताहत
काठमाडाैँ। दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ। क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए। मङ्गलबारदेखि... ...

फ्रान्सभर दशौँ हजार मानिसहरू प्रदर्शनमा, कैयौँ पक्राउ
Reuters फ्रान्समा जीवनयापनको बढ्दो लागत र विद्यालयहरूको अवस्थालाई लिएर देशभर व्यापक प्रदर्शन भइरहेका बेला त्यहाँको प्रहरीले विभिन्न सहरहरूमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। फ्रान्सका आन्तरिक मामिला ...

लुम्बिनी विकास कोषको नियुक्तिमाथि प्रश्न, राजनीतिक पहुँच र सेटिङको आरोप
लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक पहुँच, सेटिङ र लेनदेनलाई प्राथमिकता दिइएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाभियानले सरकारविरुद्ध प्रदर्शन गरेको छ । लुम्बिनीमा शनिबार आयोजित विरोधसभाका वक्ताहरूले विवादित नियुक्ति खारेज गर्न, नियुक्त पदाधिकारीमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेका छन् । विरोधसभामा वक्ताहरुले विश्व शान्ति र अहिंसाको प्रतीकका रूपमा रहेको लुम्बिनीमा योग्यता, ...

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
काठमाण्डु – आश्विन शुक्ल त्रयोदशीका दिन शनिबार नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ । विजयादशमीका दिन कात्तिक ४ गते १० दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने […] ...


