Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, ७२औँ स्थानमा कायम

विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, ७२औँ स्थानमा कायम

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, ७२औँ स्थानमा कायम

काठमाडौं।विश्व भोकमरी सूचकांक २०२६ को प्रतिवेदनअनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको छ। नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ थियो, जसले पछिल्लो समय मुलुकमा भोकमरीको अवस्था सुधार हुँदै गएको पुष्टि गर्छ। प्रतिवेदनअनुसार दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेशभन्दा राम्रो देखिएको छ। क्षेत्रीय तुलनामा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा छ भने बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन्। अफगानिस्तान १०८औँ स्थानमा छ। दक्षिण एसियाको क्षेत्रीय औसत अंक २३.५ रहेको छ, जुन विश्वको औसत अंक १८.१ भन्दा बढी छ। यसले यस क्षेत्रमा भोकमरी र कुपोषणको समस्या गम्भीर रहेको संकेत गर्छ। नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दरमा उल्लेख्य सुधार आएको छ। सन् २००० मा यस्तो समस्या ५५.९ प्रतिशत बालबालिकामा देखिएकोमा सन् २०२६ मा घटेर २६.२ प्रतिशतमा झरेको छ। यो अवधिमा पुड्कोपनको दर २९.७ प्रतिशत विन्दुले घटेको हो। यद्यपि, पोषण र खाद्य सुरक्षाका क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ। भोकमरी सूचकांक गणना गर्दा चार प्रमुख सूचकहरूलाई आधार मानिएको छ। जसमा अपर्याप्त क्यालोरी सेवन गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या, उचाइअनुसार तौल कम हुने समस्या र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दर समावेश छन्। सूचकांकमा कम अंक प्राप्त गर्नु भोकमरीको अवस्थामा सुधार हुनु हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार
ताजा खबरJust now

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाईको सकुशल उद्धार गरि... ...

गोरखापत्र
दसैंअघिको सुनसान मुस्ताङमा पर्यटकीय चहलपहल
ताजा खबरJust now

दसैंअघिको सुनसान मुस्ताङमा पर्यटकीय चहलपहल

बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकामा दसैँपछि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । ...

कान्तिपुर
एमाले भ्रष्टाचारीको संरक्षक हो, तत्काल एकता सम्भव छैन: प्रचण्ड
ताजा खबरJust now

एमाले भ्रष्टाचारीको संरक्षक हो, तत्काल एकता सम्भव छैन: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play