Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
Photo / Coverage: पर्दाफास

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान हुने कार्यक्रम छ । सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्डटेबल बैठक, कार्यशाला, तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा विश्व प्रहरी पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना हुनेछन् । यस संस्करणको सम्मेलनमा रक्षा तथा संकट प्रतिकार्य, रोबोट र ड्रोन प्रविधि, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रणलगायत १४ वटा विषयगत क्षेत्र समेटिएका छन् । त्यस्तै, अपराध अनुसन्धान, गुप्तचर सूचना, आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली र भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षाका विषयमा समेत छलफल हुनेछ । सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान, मानव बेचबिखन तथा मानव तस्करी, साइबर अपराध, लागुऔषध र सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुने जनाइएको छ। त्यसैगरी नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्थाको पहिचान गर्ने अवसरसमेत प्राप्त हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली दूतावासमा नोभेम्बर १६ देखि सरकारी शुल्क नगदमा मात्रै बुझाउनुपर्ने
OthersJust now

नेपाली दूतावासमा नोभेम्बर १६ देखि सरकारी शुल्क नगदमा मात्रै बुझाउनुपर्ने

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासले आगामी नोभेम्बर १६, २०२६ देखि दूतावासबाट प्रदान गरिने सेवाबापतको सरकारी राजस्व शुल्क नगदमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । अस्ट्रेलियामा अक्टोबर १ देखि लागू भएको नयाँ भुक्तानी व्यवस्थाअनुसार भिसा, मास्टरकार्ड र एफ्ट्पेस् लगायतका कार्डबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने भएपछि दूतावासले नगद भुक्तानीको व्यवस्था गर्न लागेको हो। दूतावासका अनुसार बैंक तथा वित्तीय संस्थाले कार्डमार्फत हुने भुक्तानीमा ...

पर्दाफास
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
OthersJust now

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ। एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ। चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि ...

पर्दाफास
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु
OthersJust now

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब… ...

अनलाइन खबर
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
OthersJust now

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play