विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्याली’ हुने

विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यही कात्तिक ७ गते काठमाडौँ उपत्यकामा ‘मेगा पोलियो साइकल र्याली’ आयोजना हुने भएको छ । रोटरी इन्टरनेसनल नेपाल भूटान डिष्टिक ३२९२ को आयोजनामा हुने सो र्याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भई काठमाडौँ दरबार स्क्वायर, पसुपतिनाथ, बौद्ध, स्वम्भूनाथ हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने ‘पोलियो प्लस’ उपसमितिका अध्यक्ष रोटरियन बिनिता हाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोजकका अनुसार उपत्यकाको सात ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उक्त र्याली पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न केन्द्रित हुने छ । यसैगरी, साइकल र्यालीमार्फत ‘इन्ड पोलियो’ अर्थात् पोलियोविरुद्धको खोपको महत्व, जनस्वास्थ्यसम्बन्धी चेतना तथा पोलियो उन्मूलनका लागि निरन्तर सामूहिक प्रतिबद्धताको सन्देश आमजनसमुदायमा पुर्याउने लक्ष्य लिइएको छ । एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायुप्रणालीलाई असर पुर्याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हु्ँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ । सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सन्तुलित चितवन राइनोजको नजर उपाधिमा
पहिलो संस्करणमा अप्रत्याशित ढंगले प्लेअफसम्म पुगेर उत्साहित बनेको राइनोज दोस्रो संस्करणमा लिग चरणबाट नै बाहिरिएको थियो । ...

अर्बौं डलर खर्च गर्दा पनि हुथी आक्रमण रोक्न साउदीलाई किन कठिन ?
साउदीको प्रतिरक्षा चुनौतीको समाधान महँगा क्षेप्यास्त्र थप्नुमा मात्र सीमित छैन । सस्ता ड्रोन रोक्ने प्रणाली, दक्ष जनशक्ति, प्रभावकारी निगरानी र विभिन्न प्रतिरक्षा संयन्त्रबीच समन्वय पनि उत्तिकै महत्त्वपूर्ण छन् । ...

एनपिएलको टिकट इसेवाबाट किन्न सकिने, कति छ मूल्य ?
नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो। क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य ...

अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि
५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि… ...


