Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर भएपछि उनले सदनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले विश्वासको मत नदिने संकेत गरेपछि मुख्यमन्त्री यादव राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। यसअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश सिंहले पनि विश्वासको मत लिने घोषणा गरे पनि आवश्यक बहुमत जुटाउन नसकेपछि पदबाट राजीनामा दिएका थिए। मधेश प्रदेश सरकार टिकाउन प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक छ। तर मुख्यमन्त्री यादव आबद्ध नेपाली कांग्रेससँग २२ सांसद मात्रै छन्। बहुमत पुर्‍याउन कांग्रेसलाई नेकपा (एमाले) वा जनता समाजवादी पार्टी (जसपा) नेपालमध्ये कम्तीमा एउटा ठूलो दलसहित अन्य साना दलको समर्थन आवश्यक थियो। प्रदेश सरकारका एक मन्त्रीका अनुसार कांग्रेस सभापति गगन थापाले मधेश प्रदेश सरकार जोगाउने प्रयासस्वरूप केन्द्रबाटै एमाले र जसपा नेपालका शीर्ष नेताहरूसँग संवाद गरेका थिए। त्यसका लागि उनी गुण्डुसमेत पुगेका थिए। तर दुवै दलसँग सहमति जुट्न सकेन। एमाले र जसपा नेपालले सरकारलाई समर्थन गर्न नसकिने अडान लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन्। कुनै पनि दलबाट विश्वासको मत पाउने निश्चित आधार नदेखिएपछि सरकारको नेतृत्व छाड्नु नै उपयुक्त हुने निष्कर्षमा उनी पुगेको ती मन्त्रीले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा
Latest NewsJust now

शिवनाथ गाउँपालिकामा दुई दिन स्थानीय बिदा

काठमाण्डु – बैतडीको शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार र मंसिर १ गते मंगलबार स्थानीय बिदा दिने जनाएको हो । शिवनाथ जात्रामा स्थानीयवासीको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बिदाका दिन गाउँपालिकाभित्रका […] ...

काठमाण्डुपाटी
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Latest NewsJust now

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको... ...

रातोपाटी
यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत
Latest NewsJust now

यु-१९ महिला क्रिकेट: भारतद्वारा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य दिएको छ । आज भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनायो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् ...

केन्द्रबिन्दु
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Latest NewsJust now

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play