Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
Photo / Coverage: पर्दाफास

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ को अवसरमा मङ्गलबार आयोजित न्हुदँया भिन्तुना र्‍यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए । पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ । स्थानीय केपी छुस्याकीले पटाका पड्काइएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुम्दा मानिसमा विवेक हराउने गरेको टिप्पणी गरे । उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उल्लेख गरेका छन् । त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका श्रव्यदृश्य सामग्रीका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरे । मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाका प्रत्यक्षदर्शी राससकर्मी स्थलगत रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा पटाकाको चर्को आवाज र धुवाँले आसपासका सर्वसाधारण प्रभावित भएका थिए । धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना पनि देखिएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुन पाएन । उक्त पटाका मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ । घटनास्थलमा सुरक्षाकर्मी पनि उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा कम र पटाका पड्काउनेहरू धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए । उनका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ । टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताए । राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्नसमेत नपाएको उनको भनाइ छ । चाडपर्व मनाउने नाममा गरिने यस्ता गतिविधिले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको उनले बताए । पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्‍याउनुका साथै धुवाँका कारण घरभित्रै बस्नसमेत असहज भएको स्थानीयवासीको गुनासो छ । बारुदजन्य पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५०, सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दमलगायत समस्या निम्तिन सक्छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पटाकाबाट निस्कने धुवाँमा रहेका विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि, एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन । यसको जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत पाँचतल्ले मन्दिरजस्तो ऐतिहासिक सम्पदाका काठका संरचनामा आगोको झिल्को परेर आगलागी भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयवासीले उठाएका छन् । सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी भएकाले पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ । तिहारको अन्तिम दिन आज पनि यस्तै घटना नदोहोरियोस् र ऐतिहासिक सम्पदा तथा सर्वसाधारणको सुरक्षामा सबैले ध्यान दिऊन् भन्ने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
OthersJust now

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासमा बिहीबार बिहान आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लु नुलीले सहयोग रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ...

पर्दाफास
देउसी भैलोमा अश्लील नृत्य गर्ने २ जना प्रहरी नियन्त्रणमा
OthersJust now

देउसी भैलोमा अश्लील नृत्य गर्ने २ जना प्रहरी नियन्त्रणमा

नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तिहार तथा भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ...

पर्दाफास
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध
OthersJust now

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय कालीगण्डकी गाउँपालिका र… ...

अनलाइन खबर
श्रीमतीको जिम्मामा छुटे टोपबहादुर
OthersJust now

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play