Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

कृषि व्यवसायीकरणको अभिन्न अंग कृषि यान्त्रिकरण हो : कृषि सचिव डा. मिश्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि व्यवसायीकरणको अभिन्न अंग कृषि यान्त्रिकरण हो : कृषि सचिव डा. मिश्र
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषिको व्यवसायीकरणका लागि कृषि यान्त्रिकरण अपरिहार्य रहेको बताएका छन्। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को तयारीका क्रममा आयोजित कार्यक्रममा उनले कृषिलाई श्रमप्रधानबाट मेसिनप्रधान बनाउँदै किसानलाई नाफामूलक व्यवसायमा रूपान्तरण गर्न यान्त्रिकरणको भूमिका महत्वपूर्ण रहेको बताए। “कृषिको व्यवसायीकरणको एउटा अभिन्न अंगका रूपमा रहेको कृषिमा यान्त्रिकरण हो। यो श्रमप्रधानभन्दा मेसिनप्रधान हुनुपर्छ र यसले किसानलाई नाफामूलक तरिकाले व्यवसायका रूपमा अगाडि बढाउनुपर्छ,” सचिव मिश्रले भने। सचिव मिश्रक अनुसार सरकारले कृषि यन्त्र तथा प्रविधिको अनुसन्धान, उपयुक्त कृषि यन्त्रको आयात, भन्सार छुट तथा कृषि यान्त्रिकरण प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, प्रदेशका कृषि मन्त्रालय तथा स्थानीय तहबाट समेत कृषि यन्त्रको प्रयोग र प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको उनले बताए। सरकारले किसानलाई कृषि यन्त्र तथा उपकरणको प्रयोगमा सहजीकरण गर्न विभिन्न छुट तथा सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सचिव मिश्रले कृषि क्षेत्रसँग सम्बन्धित किसान, व्यवसायी तथा सरोकारवालालाई प्रदर्शनीको अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन आग्रह गरे। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ। ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएका छन् । प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहने तथा १५० भन्दा बढी स्टलमार्फत आधुनिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ। स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्न करिब ३० वटा स्टल स्वदेशी उत्पादक तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ। प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन तथा बजारीकरण, कोल्ड स्टोर, नर्सरी र बीउबिजनसँग सम्बन्धित आधुनिक यन्त्र, उपकरण तथा प्रविधि राखिनेछन्। स्वदेशी तथा विदेशी बीउबिजन उत्पादक, कृषि सामग्री विक्रेता तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदायक संस्थाको समेत सहभागिता रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी, सहकारी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्था र नीतिनिर्माताका लागि कृषि यान्त्रिकरणसम्बन्धी जानकारी तथा प्रविधि प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर उपलब्ध हुनेछ। प्रदर्शनीको आयोजना कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले संयुक्त रूपमा गरेका हुन्। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सह आयोजक रहने छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धक रहेको छ। प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ। एसोसिएट पार्टनरका रूपमा युरोपेली संघ (ईयू) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जर्मन विकास सहयोग संस्था (जीआईजेड) द्वारा सञ्चालित ग्रेप–२ परियोजना रहेको छ। प्लाटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, शालोम एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र बीडी कमर्सियल इक्विपमेन्ट प्रालि रहेका छन्। त्यस्तै, गोल्ड प्रायोजकमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रालि र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका छन्। यसअघि बीडी कमर्सियल इक्विपमेन्ट सोलुसनलाई प्लाटिनम तथा पशुपति एग्रो ट्रेडर्सलाई गोल्ड प्रायोजकका रूपमा जोडिएको र आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि तथा कृषि विकास बैंकलाई सहयोगी संस्थाका रूपमा समेटिएको आयोजकले जनाएको थियो। प्रदर्शनीलाई राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, सिमिट नेपाल, कृषि विकास बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल कृषि इन्जिनियर्स सोसाइटी, नख्खु सिड्स प्रालि र हेल्भेटास नेपालले सहयोग गरेका छन्। प्रदर्शनीमार्फत कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरणतर्फ अघि बढाउन आवश्यक प्रविधि र उपकरणको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रदर्शनीमा करिब ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
असिना पानीले धानबालीमा क्षति
Latest NewsJust now

असिना पानीले धानबालीमा क्षति

भोजपुर । जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताए ।“हिजो एक्कासि असिना पानी पर्‍यो,” उनले ...

केन्द्रबिन्दु
सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक
Latest NewsJust now

सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक

थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् ।यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेका छन् । ...

कान्तिपुर
प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ
Latest NewsJust now

प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ

तनहुँ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो। अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा ...

नेपालन्युज
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा
Latest NewsJust now

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play