Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

देउसी भैलोमा अश्लील नृत्य गर्ने २ जना प्रहरी नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउसी भैलोमा अश्लील नृत्य गर्ने २ जना प्रहरी नियन्त्रणमा
Photo / Coverage: पर्दाफास

नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक मर्यादाविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तिहार तथा भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको चन्दले बताए । प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २९ वर्षीया प्राभी बस्नेत रहेका छन् । उनीहरूले नेपाली मौलिक कला, संस्कृति, सामाजिक सद्भाव तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत तिहार तथा भैलो कार्यक्रमका नाममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणविपरीत स्वेच्छाचारी तथा अमर्यादित तरिकाले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै प्रहरीले सांस्कृतिक पर्वको मर्यादा कायम राख्न सबैमा अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान
OthersJust now

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । ...

अनलाइन खबर
भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते
OthersJust now

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार ...

पर्दाफास
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
OthersJust now

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ, र उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play