Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते
Photo / Coverage: पर्दाफास

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ
OthersJust now

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

मध्यपहाडका किसानहरूले लामो समयदेखि वन्यजन्तुबाट हुने बाली क्षतिको समस्या भोगिरहेका छन्। यस्तो अवस्थामा काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले वन्यजन्तुबाट हुने क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायका लागि भरपर्दो आम्दानीको स्रोत सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। ...

अनलाइन खबर
विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव
OthersJust now

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । ...

अनलाइन खबर
देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ
OthersJust now

देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play