Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
Photo / Coverage: पर्दाफास

नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासमा बिहीबार बिहान आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लु नुलीले सहयोग रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ । नेपालमा बाढीपहिरोबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियामा रहेका शुभेच्छुक, सहयोगदाता तथा विभिन्न समुदायको साथबाट उक्त रकम संकलन गरिएको नुलीले बताए । नेपाल न्यूज बैंक सँगको कुराकानीमा नुलीले रिच फर नेपाल फाउन्डेसनले सन् २०१५ देखि नेपालमा मानवीय सहायता र सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए । ‘हामी नेपालका लागि सहयोग जुटाउन पैसा खोज्दै हिँड्दैनौँ। नेपाललाई सहयोग गर्न चाहने मानिसहरू आफैँ हामीलाई खोज्दै आउँछन्,’ उनले भने । उनका अनुसार संस्थाले विशेषगरी नेपालको पश्चिमी क्षेत्र तथा गण्डकी प्रदेशका दुर्गम समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्यालय पुनर्निर्माण तथा सामुदायिक पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आएको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि स्थापना भएको संस्थाले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण, खानेपानी तथा सरसफाइ सुविधाको विस्तारलगायतका काममा सहयोग गर्दै आएको छ । स्थानीय समुदायको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर शिक्षा, स्वास्थ्य तथा दिगो सामुदायिक विकासका परियोजना सञ्चालन गर्दै आएको नुलीले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा कार्यवाहक राजदूत गौतमले नेपालका विपद् प्रभावित नागरिकका लागि फाउन्डेसनले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन् । उनले अस्ट्रेलियामा रहेर पनि नेपालमा परेको विपद्का बेला मानवीय सहयोग जुटाउन संस्थाले देखाएको तत्परताको सराहना गर्दै फाउन्डेसनको नेतृत्व, स्वयंसेवक तथा सहयोगदाताप्रति आभार प्रकट गरिन् । नुलीले आगामी दिनमा बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र आवश्यकताको स्थलगत अध्ययन गर्न इन्जिनियर तथा विभिन्न विषयका विज्ञ सम्मिलित टोली नेपाल पठाउने तयारी भइरहेको पनि जानकारी दिए । टोलीले प्रभावित क्षेत्रको अवस्था बुझेर आवश्यक प्राविधिक सहयोग र पुनर्निर्माणका सम्भावित योजनाबारे अध्ययन गर्ने उनको भनाइ छ । कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया (फेन्का) का तर्फबाट डा. कृष्ण हमाल तथा रिच फर नेपाल फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति थियो । क्यानबेरामा मुख्यालय रहेको रिच फर नेपाल फाउन्डेसन सन् २०१५ मा स्थापना भएको अस्ट्रेलियाली परोपकारी संस्था हो । स्वयंसेवक तथा सहयोगदाताको साथमा सञ्चालन हुँदै आएको संस्थाले नेपालका दुर्गम तथा आवश्यकतामा रहेका समुदायको शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान
OthersJust now

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । ...

अनलाइन खबर
भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते
OthersJust now

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार ...

पर्दाफास
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग
OthersJust now

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ, र उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play