Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विश्वव्यापी संकट समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यक : इस्तानबुल सम्मेलन

विश्वव्यापी संकट समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यक : इस्तानबुल सम्मेलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वव्यापी संकट समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यक : इस्तानबुल सम्मेलन

काठमाडौं । विश्वभर गहिरिँदै गएका संकट समाधानका लागि तत्काल प्रभावकारी कूटनीतिक पहल र क्षेत्रीय उपायको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ। टर्कीको इस्तानबुलमा शुक्रबारदेखि सुरु भएको नवौँ ‘इस्तानबुल मध्यस्थता सम्मेलन’मा सहभागी कूटनीतिज्ञ तथा द्वन्द्व समाधानविद्हरूले युद्ध रोक्न र दीर्घकालीन शान्ति कायम गर्न संवादको विकल्प नभएको बताएका छन्। परिवर्तित विश्व परिदृश्यमा शान्ति स्थापनाका लागि साझेदारी र नयाँ दृष्टिकोणको खोजी गर्ने उद्देश्यले आयोजित दुईदिने सम्मेलनमा झन्डै २०० उच्चस्तरीय कूटनीतिज्ञ, प्राज्ञ तथा द्वन्द्व समाधान विज्ञ सहभागी छन्। यस वर्षको सम्मेलनको नारा ‘शान्तिका लागि साझेदारी र नयाँ दृष्टिकोण : बदलिँदो विश्वमा मध्यस्थता’ तय गरिएको छ। सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर द्वन्द्वहरू बढ्दै गएको र ती झन् घातक, जटिल तथा समाधान गर्न कठिन बन्दै गएको बताए। मध्यस्थता तत्काल परिणाम दिने जादुमयी उपाय नभए पनि सुझबुझ र दृढ संकल्पका साथ अघि बढाइएमा यसले शान्तिको सम्भावनालाई दिगो यथार्थमा बदल्न सक्ने उनको भनाइ थियो। विश्वभर जारी हिंसा र हत्याको शृङ्खला अन्त्य गर्न तथा द्वन्द्वरत पक्षलाई हतियार बिसाउन प्रेरित गर्न सामूहिक राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनले बताए। त्यसैगरी, आयोजक राष्ट्र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि भिडियो सन्देशमार्फत विश्वव्यापी तनाव चुलिँदै गएको अवस्थामा निरन्तर संवाद आवश्यक रहेको बताए। द्वन्द्वरत पक्षहरू एकअर्कासँग संवाद गर्न तयार नभएको र आशाका किरणहरू क्षीण हुँदै गएको अवस्थामा समेत कूटनीतिक प्रयास त्याग्न नहुने टर्कीको मुख्य मान्यता रहेको उनले स्पष्ट पारे। बढ्दो भूराजनीतिक तनाव, क्षेत्रीय युद्ध तथा मानवीय संकटका बीच सुरु भएको सम्मेलनले द्वन्द्व समाधानका व्यावहारिक उपाय पहिचान गर्नुका साथै अन्तर्राष्ट्रिय मध्यस्थता प्रक्रियालाई थप सुदृढ बनाउन दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ। – न्युज एजेन्सी नेपाल/सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)
ताजा खबरJust now

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

रातोपाटी
कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
ताजा खबरJust now

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश

बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

रातोपाटी
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

लोकपथ
नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
ताजा खबरJust now

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play