Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो। शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ। विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशनअनुरूप विश्वविद्यालयलाई विशिष्टिकृत बनाउने दायित्व विश्वविद्यालय पदाधिकारीको काँधमा छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ‘एकेडेमिक सारथी’का रूपमा सात विश्वविद्यालयका उपकुलपति छन्। यी सात अनुहार केवल नेतृत्व मात्रै होइनन्, नागरिकको परिवर्तनको आकांक्षालाई आत्मसात् गरी शैक्षिक संस्थालाई परिणाममुखी बनाउने कार्यकारी पनि हुन्। उच्च शिक्षा विद्यालय तहपछि अर्थात् माध्यमिक तहपछि प्राप्त गरिने शिक्षा हो। उच्च शिक्षाको श्रीवृद्धिका लागि त्यसको नेतृत्व कस्तो हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ। देशको भविष्य निर्माण गर्ने कर्णधार उत्पादन र जीवनोपयोगी सीप तथा ज्ञान हासिल गर्न यसको महत्त्व र सान्दर्भिकता हुन्छ। यस्तो शिक्षाको सक्षम नेतृत्व प्रदान गरी उच्च शिक्षाको व्यावसायिकता र गुणस्तरीयता कायम गर्न विश्वविद्यालयको नेतृत्वको महत्त्वपूर्ण भूमिका रहन्छ। शिक्षामन्त्रीको अभिभावकत्वमा उच्च शिक्षाको सुधार र विश्वविद्यालयको उत्कृष्टता कायम गर्नुका साथै समयमै परीक्षाको नतिजा निकाल्न, शैक्षिक सत्र प्रभावकारी सञ्चालन गर्न र विश्वविद्यालयको भौतिक सम्पत्तिको जगेर्ना तथा उपभोगका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ। विश्वविद्यालयको खस्किएको शाख उकास्न र शिक्षा तथा परीक्षा प्रणाली सुधारका लागि प्राथमिकता दिनुपर्ने आवश्यकता छ। सरकारले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गरिसकेको छ। नियुक्त पदाधिकारीले आ-आफ्नो जिम्मेवारी पनि सम्हालिसकेका छन्। उपकुलपति नियुक्ति गर्न विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ जारी गरिएको थियो। उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनोट गरेको हो। सरकारले त्रिविसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेको छ र नियुक्त उपकुलपतिले विश्वविद्यालय सुधारका लागि कामको थालनी गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले करिब ३० वर्ष काठमाडौं विश्वविद्यालयमा काम गर्नुभएको छ। उनसँग चार वर्ष काठमाडौं विश्वविद्यालयको उपकुलपति सम्हालेको अनुभव पनि छ। उनले हाइड्रोलिक मेसिनमा बालुवाका कणले हुने घर्षणमा विद्यावारिधि गर्नुभएको छ। विसं २०७७ मा थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्त हुनुभएको थियो। यसअघि थापाले काठमाडौँ विश्वविद्यालयमा डिन, रजिस्ट्रार र उपकुलपतिसमेत रहेर काम गरेका थिए। उपकुलपति थापासँग जलविद्युत्सहित ऊर्जा क्षेत्रको अनुसन्धान र इन्जिनियरिङ शिक्षा क्षेत्रको गहिरो ज्ञान छ। काठमाडौं निवासी डा थापाले सन् १९८३ मा ल्याबोरेटोरी हाइ स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (पिसिएल) पूरा गरेका थिएए। त्यसपछि उनले नेपाल सरकारको कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट सन् १९९१ मा मेकानिकल इन्जिनियरिङमा स्नातक (बीइ) गरे। उनले सन् १९९९ मा भारतकै बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नातकोत्तर (एमई) र सन् २००४ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट स्याण्ड इरोजन इन हाइड्रोलिक मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधिको उपाधि हासिल गरेका छन्। बैतडीका किसनदत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ। इन्जिनियरसमेत रहेका भट्टसँग सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि अध्यापन गराएको अनुभव छ। उनले दुई कार्यकाल इन्जिनियरिङ अध्ययन संस्थानमा डिन रहेर काम गरेका थिए। भट्टले २०६२/६३ पछिको केही समय लोकसेवा पास गरेर सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय चितवनमा रहेर काम गरेका थिए। पछि स्नातकोत्तर अध्ययनका लागि निजामती सेवा छाडेर हङकङ गए। उनले हङकङबाटै सहरी विकास कार्यक्रममा स्नातकोत्तर गरे। स्वदेश फर्किएर नेपाल इन्जिनियरिङ कलेजमा प्राध्यापन गरे। हङकङबाटै विद्यावारिधि गरेका उनले त्यसपछि स्वदेश फर्किएर केही समय पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यापन गराए। त्यसपछि सुदूरपश्चिम विश्वविद्यालयमा आबद्ध भएका उनी उपकुलपति बनेका थिए। प्रशासनिक एवं शैक्षिक विकासमा भट्ट कुशल प्राध्यापक मानिन्छन्। डा राजन सुवाल मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति छन्। भक्तपुरका सुवालले मध्यपश्चिम विश्वविद्यालयमै पढेर यसको नेतृत्व लिने अवसर प्राप्त गरेका छन्। उनीसँग मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डिनका रूपमा काम गरेको अनुभव छ। डा सुवाल ख्वप इन्जिनियरिङ कलेजका पूर्वसंस्थापक प्रिन्सिपल (संस्थापक प्राचार्य) हुन्। उनले सन् २००१ देखि २००९ सम्म ख्वप कलेजको नेतृत्व गरेका थिए। डा सुवाल नेपालका एक वरिष्ठ स्ट्रक्चरल इन्जिनियर र प्राध्यापक हुन्। उनले स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेका छन्। लामो समय त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा सहप्राध्यापकका रूपमा अध्यापन गराएका थिए। लमजुङको राइनास नगरपालिकाका ऋषिराम कट्टेल कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति छन्। उनीसँग कृषि तथा वन विज्ञानका क्षेत्रमा अध्यापन एवं अनुसन्धानको अनुभव छ। कट्टेलले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सेवा गरेका छन्। उनले कृषि व्यवस्थापन र कृषि अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी कृषि अर्थशास्त्रका प्राध्यापक, अनुसन्धानकर्ता तथा कृषि व्यवसाय, मूल्य शृङ्खला, बजार प्रणाली र नीतिगत विश्लेषणका विज्ञ हुन्। कट्टेलसँग करिब २० वर्षको शिक्षण, अनुसन्धान, विश्वविद्यालय प्रशासन तथा विकाससम्बन्धी अनुभव रहेको छ। उनले सो विश्वविद्यालयको प्राध्यापक, विभागीय प्रमुख, एकेडेमिक काउन्सिल सदस्य तथा अनुसन्धान तथा विस्तार निर्देशनालयका निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका छन्। उनका ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान प्रकाशन रहेका छन्। उनको प्रमुख विशेषज्ञता कृषि अर्थशास्त्र, कृषि व्यवसाय व्यवस्थापन, मूल्य तथा आपूर्ति शृङ्खला, अर्थमितीय विश्लेषण, कृषि तथ्यांक, लागत-लाभ विश्लेषण, जलवायु-अनुकूल कृषि, बजार प्रणाली तथा नीति अनुसन्धानमा रहेको छ। राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा डा श्याम नारायण लाभ जनकपुर निवासी हुन्। उनी त्रिविकै प्राणीशास्त्रका प्राध्यापक थिए। उनले माछाको पोषणबारे भारतबाट विद्यावारिधि गरेका छन्। उनी प्राध्यापकसँगै जलीय कृषि वैज्ञानिक र नीति अधिवक्ता पनि छन्। उनी युनिभर्सिटी अफ इडाहो, संयुक्त राज्य अमेरिकाको फुलब्राइट रिसर्च स्कलर हुन्। अमृत साइन्स क्याम्पसका अवकाशप्राप्त प्राध्यापक लाभ सोही क्याम्पसको प्राणीशास्त्र विभागको प्रमुखसमेत भएका थिए। चार दशकभन्दा बढी समयको अवधिमा उहाँले आफूलाई नेपालका सर्वाधिक सम्मानित वैज्ञानिक, शिक्षाविद् र दूरदर्शी व्यक्तिका रूपमा स्थापित गरेका छन्। विज्ञान तथा शिक्षा क्षेत्रमा उनको विशिष्ट योगदानको कदर गर्दै उनलाई विभिन्न प्रतिष्ठित सम्मानहरूबाट विभूषित गरिएको छ, जसमा धेरै वटा लाइफ-टाइम अचिभमेन्ट अवार्ड (२०१०, २०१२, २०२० र २०२२) तथा विज्ञान रत्न पुरस्कार (२०२१) समावेश छन्। प्राज्ञिक उत्कृष्टताको राष्ट्रिय मान्यतास्वरूप उनलाई सन् २०१० मा नेपालका राष्ट्रपतिद्वारा ‘नेपाल विद्याभूषण (क श्रेणी)’ पदक प्रदान गरिएको थियो। भोजपुरका देवेन्द्र अधिकारी पोखरा विश्वविद्यालयका उपकुलपति हुन्। उनले लामो समय महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराएका थिएए। उनले भौतिकशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले महेन्द्र मोरङमा भौतिकशास्त्र विभागीय प्रमुख रहेर पनि काम गरेका थिए अधिकारी यसअघि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पनि थिए। विसं २०८२ माघमा उनी सेवा आयोग अध्यक्ष नियुक्त भएका थिए। अधिकारीसँग त्रिवि र खुला विश्वविद्यालयमा काम गरेको अनुभव छ। उनले त्रिवि र खुला विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा रहेर पनि काम गरेका थिए। उनी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष, एकेडेमिक काउन्सिलको सदस्य, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छनोट समिति सदस्य र रिसर्च म्यानेजमेन्ट चेयरमेनभएका थिए। प्रा डा सुजनबाबु मरहट्ठा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति हुन्। उनी प्रख्यात जनस्वास्थ्य विशेषज्ञ, प्राध्यापक तथा शिक्षाविद् हुन्। मरहट्ठाले खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्यापन गर्दै आएका थिए। जनस्वास्थ्य विज्ञ उनी चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक पनि हुन्। पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति हुनुअघि उनले नेपाल खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषयको प्राध्यापक, चिकित्सा शिक्षा आयोगको निर्देशक तथा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा जनस्वास्थ्य विभागको नेतृत्व गरेका थिए। उनी महामारी विज्ञान र सङ्क्रामक रोग नियन्त्रण (विशेषगरी क्षयरोग र कोभिड-१९) का ज्ञाता हुन्। उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा १०० भन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित छन्। उनले नेपाल सरकारको उच्चस्तरीय स्वास्थ्य नीति मस्यौदा समिति, उच्चस्तरीय शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयको कोभिड-१९ कमान्ड सिस्टममा रहेर महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गरेको आरोप, काठमाडाैँबाट युवक पक्राउ
Latest NewsJust now

युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गरेको आरोप, काठमाडाैँबाट युवक पक्राउ

महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडाैँबाट पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए।  न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र स... ...

नेपालखबर
नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी चाप बढ्यो (तस्बिरहरू)
Latest NewsJust now

नागढुंगा सुरुङमार्गमा टोल शुल्क उठाउन थालेपछि सवारी चाप बढ्यो (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ भित्रन र बाहिरिन सहज हुने उद्घोषका साथ उद्घाटन गरिएको नागढुंगा सुरुङमार्गले यात्रु र सवारी चालकलाई अर्को झन्झट थपेकाे छ । निकै तामझाम सहित उद्घाटन गरिएको सुरुङमार्ग छिटो... ...

रातोपाटी
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
Latest NewsJust now

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गरिएको हो। उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर ...

नेपालन्युज
सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'
Latest NewsJust now

सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'

BBC सगरमाथा आधारशिविरनजिकै रहेको फेरिचे गाउँमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टरहरू ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएका छन्।सोलुखुम्बुका सहायक प्रमुख जिल्ला ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play