Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नेतन्याहूलाई सत्ताबाट हटाउन र सरकार गठनमा आइजेनकोटका चार सर्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेतन्याहूलाई सत्ताबाट हटाउन र सरकार गठनमा आइजेनकोटका चार सर्त
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलको विपक्षी गठबन्धनको नेतृत्व गरिरहेका पूर्वसेना प्रमुख तथा ‘यशार’ पार्टीका नेता गादी आइजेनकोटले नयाँ सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् । हालैको निर्वाचनमा प्राप्त अग्रतालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारलाई सत्ताबाट हटाउन प्रयोग गर्ने उनको योजना छ । आइजेनकोटले आफ्ना चार सर्तमा सहमत हुने जुनसुकै दलसँग गठबन्धन गर्न सकिने बताएका छन् । निर्वाचनमा १२० सदस्यीय नेसेट (संसद्) मा नेतन्याहूविरोधी दलहरूले ६७ सिट जितेका छन् भने सत्तारूढ गठबन्धनले ५३ सिट पाएको छ । विपक्षी खेमाका ६७ सांसदमध्ये ४८ जना जायोनिस्ट दलका र १९ जना दुई अरब पार्टीका छन् । यद्यपि, दुवै खेमासँग आफ्नै बलमा सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत छैन । त्यसैले नयाँ गठबन्धन गठनका लागि राजनीतिक रस्साकस्सी जारी छ । आइजेनकोटले गठबन्धनमा सहभागी हुन चाहने दलहरूसामु चार सर्त राखेका छन् । यसमा इजरायलका सबै नागरिकका लागि अनिवार्य सैन्य सेवा लागु गर्ने र सेनामा भर्नाबाट छुट दिने व्यवस्था पूर्ण रूपमा अन्त्य गर्ने, गठबन्धनमा सहभागी सबै दलले इजरायललाई यहुदी, लोकतान्त्रिक, उदारवादी र समतामूलक राज्यका रूपमा स्वीकार गर्ने, इजरायलको स्वतन्त्रता घोषणापत्रमा उल्लेखित मूल्यप्रति पूर्ण प्रतिबद्धता जनाउने र हमासलाई आतंकवादी संगठन मान्ने तथा गाजा पट्टीमा उसको सैन्य क्षमता र शासन अन्त्य गर्ने लक्ष्यमा सहमत हुने रहेका छन् । अक्टोबर ७ हमलाबारे छानबिन आयोग गठन प्राथमिकता आइजेनकोटका अनुसार नयाँ संसद् गठन भएपछि उनको पहिलो प्राथमिकता सन् २०२३ अक्टोबर ७ को हमलाअघि र त्यसक्रममा भएका सुरक्षा कमजोरीको छानबिन गर्न राज्यस्तरीय आयोग गठन गर्नु हुने बताएका छन् । साथै, निवर्तमान सरकारले पारित गरेका विवादित न्यायिक सुधारसम्बन्धी कानुन खारेज गर्ने उनको योजना छ । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको ‘बेयाचाद’ गुटले पनि आइजेनकोटलाई समर्थन गरेको छ । बेनेटले राष्ट्रपति इसाक हर्जोगलाई नयाँ सरकार गठनका लागि आइजेनकोटलाई मनोनीत गर्न सिफारिस गर्ने बताएका छन् । निर्वाचनपछि देखिएको राजनीतिक गतिरोधबीच बेनेटले सामाजिक सञ्जाल एक्समा आफूले मतदाताको निर्णयको सम्मान गर्ने बाचा गरेको उल्लेख गर्दै आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेका हुन् । त्यसपछि आइजेनकोटले बेनेटलाई धन्यवाद दिएका छन् । बेनेटले आइजेनकोटलाई सम्बोधन गर्दै दुवै मिलेर इजरायललाई सही बाटोमा फर्काउने बताएका छन् । राष्ट्रपति हर्जोगले भने राजनीतिक नेताहरूलाई निर्वाचन परिणाम स्वीकार गर्न आग्रह गरेका छन् । ‘द टाइम्स अफ इजरायल’का अनुसार नोभेम्बर ४ मा आधिकारिक निर्वाचन परिणाम प्राप्त गरेपछि हर्जोगले राजनीतिक दलका नेताहरूसँग परामर्श सुरु गर्नेछन् । नयाँ संसद्का सदस्यले नोभेम्बर १० सम्म शपथ लिनुपर्नेछ । निर्वाचनपछि कुनै पनि प्रमुख राजनीतिक खेमाले स्पष्ट बहुमत नल्याएकाले सरकार गठन चुनौतीपूर्ण बनेको छ । निर्धारित समयभित्र सरकार गठन हुन नसके इजरायलमा पुनः निर्वाचन हुन सक्ने बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
Latest NewsJust now

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। पूर्वीखण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। ‘सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डीएलपी) सुरु भइसकेको […] ...

काठमाण्डुपाटी
फेरुचेमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु हुनेमा भारतीय पर्यटक, घाइतेलाई काठमाडौं पठाइयो
Latest NewsJust now

फेरुचेमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु हुनेमा भारतीय पर्यटक, घाइतेलाई काठमाडौं पठाइयो

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए । ...

कान्तिपुर
जाजरकोटका बाढीपहिरो प्रभावित ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
Latest NewsJust now

जाजरकोटका बाढीपहिरो प्रभावित ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीका कापी–किताब पहिरोमा पुरिएको समाचार प्रकाशित भएपछि फाउन्डेसनले स्थानीय सरकारसँग समन्वय गरी प्रभावित बालबालिकाका लागि सहयोग जुटाएको हो। ...

कान्तिपुर
सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विदेशी नागरिकको पहिचान ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play