BBC सगरमाथा आधारशिविरनजिकै रहेको फेरिचे गाउँमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टरहरू ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएका छन्।सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले समेत उक्त घटनामा एक विदेशी यात्रुको मृत्यु भएको पुष्टि गरे। तर उनको राष्ट्रियता खुल्न भने बाँकी छ। "अर्का एक घाइतेलाई हेलिकप्टरबाट लुक्ला ल्याइपुर्याइएको छ," थापाले भने।प्राधिकरणका अनुसार बिहान ८ः१५ बजेतिर उक्त दुर्घटना भएको थियो।"लुक्लाबाट जाँदै गरेको र आधारशिविर नजिकैको गोरक्सेपबाट फर्कँदै गरेका हेलिकप्टरहरू एकैठाउँ अवतरण गर्न खोज्दा दुर्घटना भएको देखिन्छ," भुलले भने।दुर्घटनाको स्पष्ट कारण खुलिसकेको छैन।"त्यहाँ अन्य हेलिप्याड पनि भए पनि सायद हिउँले पुरिएका कारण एउटामै अवतरण गर्न खोजे कि भन्ने जस्तो देखिएको छ।"प्राधिकरणले दुर्घटनामा परेका हेलिकप्टरहरू फिश्टेल एअर र एअर डाइनेस्टीका हुन्। यतिखेर सगरमाथा क्षेत्रमा यतिखेर आमादब्लम हिमालमा आरोहण गर्ने क्रम चलिरहेको चलिरहेको छ। शरद्याम उक्त क्षेत्रमा पदयात्राका लागि समेत लोकप्रिय छ।सगरमाथा आधारशिविरसम्म हेलिकप्टरमा पुग्दै बीचका गाउँमा छोटो समय 'ब्रेकफास्ट'का लागि रोकिने प्याकेजहरू समेत त्यस क्षेत्रमा चल्तीमा पाइन्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक विदेशीको मृत्यु'

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






