Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विश्वभर साइबर सुरक्षा जोखिम: राष्ट्र बैंकसमेत वित्तीय संस्थाका वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सुचना प्रवाह हुने

विश्वभर साइबर सुरक्षा जोखिम: राष्ट्र बैंकसमेत वित्तीय संस्थाका वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सुचना प्रवाह हुने

10/23/2026, 9:05:03 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वभर साइबर सुरक्षा जोखिम: राष्ट्र बैंकसमेत वित्तीय संस्थाका वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सुचना प्रवाह हुने

काठमाडौं । विश्वभर देखिएको साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। बिहिबारदेखि नै नेपालमा सरकारी निकाय तथा बैंक तथा वित्तीय संस्थाका वेबसाइट र अनलाइन सेवासमेत प्रभावित भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा वेब प्रविधि (PHP) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा असुविधा परेको छ। जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउन र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। राष्ट्र बैंकले जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) तथा विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ। विश्वव्यापी रूपमा देखिएको सुरक्षा जोखिमले नेपालका सरकारी वेबसाइट तथा वित्तीय संस्थाका डिजिटल सेवामा समेत असर पारेपछि अनलाइन सेवाको नियमित सञ्चालनमा अन्योल देखिएको छ। आवश्यक सुचनाहरु आधिकारिक सामाजिक सञ्जालबाट प्रवाह हुने पनि राष्ट्र बैंकले जनाएको छ ‌। सुरक्षा जोखिम नियन्त्रण तथा प्राविधिक परीक्षणपछि सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

हाम्राकुरा
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

रातोपाटी
वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
ताजा खबरJust now

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

नेपालन्युज
पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
ताजा खबरJust now

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play