Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा उपलब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा उपलब्ध
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालि मार्फत मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ अब नेपाली बजारमा उपलब्ध भएको छ। यस प्रिमियम टायर सिरिजले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने थप अवसर प्रदान गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनले नेपाली अटोमोबाइल बजारमा आफ्नो प्रिमियम टायर सिरिज प्राइमसी ५ उपलब्ध गराएको हो। सिप्रदी अटोपाट्र्समार्फत नेपाली उपभोक्ताले अब आफ्नो सवारीसाधनको आवश्यकता र उपयुक्तताअनुसार मिशेलिनको यस प्रिमियम टायर सिरिज छनोट तथा खरिद गर्न सक्नेछन्। मिशेलिन प्राइमसी ५ आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्रिमियम टायर सिरिज हो। बदलिँदो अटोमोबाइल बजार र उपभोक्ताको बढ्दो अपेक्षालाई ध्यानमा राख्दै उपलब्ध गराइएको यस सिरिजले सवारीसाधनका लागि गुणस्तरीय टायर छनोट गर्न चाहने ग्राहकलाई थप विकल्प प्रदान गर्नेछ। विश्वव्यापी रूपमा टायर उत्पादन तथा प्रविधिमा लामो अनुभव बोकेको मिशेलिनको उत्पादन नेपाली बजारमा उपलब्ध हुनु प्रिमियम टायर प्रयोगकर्ताका लागि महत्वपूर्ण अवसरका रूपमा रहेको छ। नेपालमा मिशेलिन प्राइमसी ५ विभिन्न पाँच साइजमा उपलब्ध हुनेछ। यसअन्तर्गत १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइज रहेका छन्। यी साइजहरू नेपाली बजारमा प्रचलित विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभी मोडललाई लक्षित गरी उपलब्ध गराइएका हुन्। उपलब्ध साइजअनुसार २१५/६० आर१७ हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त छ। त्यसैगरी, २०५/६० आर१६ साइज हुन्डाई तथा किया ओल्ड सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ भने २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि उपलब्ध हुनेछ। १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ। त्यस्तै, २१५/६० आर१६ साइज हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि उपलब्ध हुनेछ। सिप्रदी अटोपाट्र्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड तथा गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ। मिशेलिनजस्तो विश्वप्रसिद्ध ब्रान्डको प्राइमसी ५ सिरिज नेपाली बजारमा भित्र्याउनु पनि उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका उत्पादनसम्म पहुँच विस्तार गर्ने सोही प्रतिबद्धताको निरन्तरता हो। यसले आफ्नो सवारीसाधनका लागि प्रिमियम टायर खोजिरहेका नेपाली ग्राहकलाई थप छनोटको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। मिशेलिन प्राइमसी ५ अब सिप्रदी अटोपाट्र्समार्फत नेपालमा उपलब्ध भएसँगै ग्राहकले आफ्नो सवारीसाधनअनुसार आवश्यक टायर साइज, उपलब्धता तथा खरिदसम्बन्धी थप जानकारी सिप्रदी अटोपाट्र्ससँग प्राप्त गर्न सक्नेछन्। The post विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा उपलब्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते
Latest NewsJust now

२४ घण्टामा सवारी दुर्घटनामा १५ जनाले गुमाए ज्यान, १६९ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेकाे कार्तिक ३० गतेको विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति सुदूरपश्चिम र मधेस प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा पाँच जनाको मृत्यु हुँदा २५ जना घाइते भएका छन् । मधेस प्रदेशमा पनि पाँच जनाकै मृत्यु भएको छ भने ...

केन्द्रबिन्दु
हिमपातले सडक अबरुद्ध
Latest NewsJust now

हिमपातले सडक अबरुद्ध

राजन रावतहुम्ला, मङ्सिर १ गते । सिमकोट–हिल्सा सडक खण्डको यारी हिल्सा क्षेत्रको नारा सडक अबरुद्ध भएको छ । आइतबार भएको हिमपातले सडकमा हिउँ जमेको कारण यातायात सेवा अवरुद्ध भएको हो ।ना... ...

गोरखापत्र
बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी
Latest NewsJust now

बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो । उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई... ...

रातोपाटी
नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम
Latest NewsJust now

नेपाल–चीन सम्बन्धः कूटनीतिबाट समृद्धितर्फको आयाम

काठमाडौँ। बदलिँदो विश्व व्यवस्था, क्षेत्रीय शक्ति सन्तुलनमा आएको परिवर्तन, प्रविधिको तीव्र विकास र आर्थिक प्रतिस्पर्धाको विस्तारले आज कूटनीतिक सम्बन्धको परम्परागत परिभाषालाई फराकिलो बनाएको छ। अब कूटनीति केवल राज्यहरूबीच औपचारिक संवाद गर्ने, राजनीतिक सद्भाव व्यक्त गर्ने र उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने माध्यम मात्र रहेन। यो राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने, विदेशी लगानी आकर्षित गर्ने, निर्यात बजार विस्तार गर्ने, प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने, रोजगारी ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play