विश्वकप लिग-२ : ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ । ओमानको अल अमेरत मैदानमा सोमबार सम्पन्न खेलमा घरेलु टोलीविरुद्ध जित निकाल्दै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जितका लागि पाएको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ८० रन बनाएको थियो । नेपालका लागि देव खनालले ५७, रोहित पौडेलले ८० र दीपेन्द्रसिंह ऐरीले ६९ रन बनाए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले १ सय २० बलमा १ सय ३९ रनको विशाल साझेदारी गरेका थिए । ओमानका लागि शाह फेसलले ५ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रन बनाए । उनीहरुले दोस्रो विकेटका लागि १ सय ७४ बलमा १ सय ५८ रनको बलियो साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए । तर, १ सय ९० रनको स्थितिमा दोस्रो विकेट गुमेपछि नेपाली बलरहरूले लगातार विकेट लिँदै खेलमा शानदार पुनरागमन गरे । ओमानका हस्नैन शाहले २३ बलमा अविजित ४० रन जोड्दै टोलीलाई जिताउने प्रयास गरे पनि अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए । यो जितसँगै नेपाल ३६ खेलबाट ३० अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

काठमाडौंमा न्यून चलेका छन् सवारी तर सुनसान छैन (भिडियोसहित)
यस वर्ष पनि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीका अनुसार अष्ठमीको दिनसम्म पाँच लाख ४१ हजार ३२६ जनाले काठमाडौँ छाडेका छन् । ...

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ ...




