विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सोमबारदेखि सुरु हुदैछ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको तेस्रो सिजन हुँदैछ । एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष हुने भएको हो । क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस सिजनलाई आधिकारिक मान्यता दिनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि मानिएको छ । आईसीसीको मान्यता पाउनु भनेको औपचारिक स्वीकृति मात्र नभएर समग्र नेपाली क्रिकेटमाथिको विश्वास बढेको भन्ने पनि बुझ्न सकिन्छ । आइसीसीको मान्यतासँगै यस सिजनका सबै खेलले आधिकारिक टी–२० को मान्यता पाएका छन्, जसबाट यी खेलहरुमा बन्ने रन र लिने विकेट खेलाडीको करिअरको आधिकारिक रेकर्डमा गणना हुनेछन् । अर्कोतर्फ आइसीसीको मान्यतापछि धमाधम अन्तर्राष्टिय क्रिकेटका सुपरस्टार खेलाडीहरु एनपीएलमा भित्रिने वातावरण पनि बनेको छ । यसअघि आधिकारिक मान्यता नहुँदा सक्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउन हिचकिचाउने गरेका थिए । साथै अब फ्रेन्चाइज टोलीहरूलाई टेस्ट राष्ट्रका सक्रिय खेलाडी भित्र्याउन कुनै समस्या नहुने भएको छ । अब फ्रेन्चाइजीले एक एसोसियटससहित कुल आठ विदेशी खेलाडी भित्राउन सक्ने भएका छन् । प्लेइङ–११ मा भने अधिकतम चार जना विदेशी खेलाडी तथा कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै यस सिजनलाई विशेष बनाउने अर्को महत्वपूर्ण स्टेप हो डीआरएस अर्थात् ‘डिसिजन रिभ्यु सिस्टम’ । यो एनपीएलको तेस्रो सिजनमा क्रिकेट र क्रिकेट फ्यानहरुका लागि सबै भन्दा ठुलो कदम हो । डीआरएस प्रणालीअनुसार एलबीडब्लूको निर्णय जाँच्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ, जसले बलको बाउन्स, स्विङ र स्टम्पमा लाग्ने सम्भावनाको रेखाङ्कन गर्छ । ब्याट र बलको सम्पर्क पत्ता लगाउन ‘एज डिटेक्सन’ र साउन्ड वेभ टेक्नोलोजी जडान गरिएको छ । यसका साथै रनआउट, स्टम्पिङ, फ्रन्ट फुट नोबल, वाइडको उचाइ र छक्काको दूरी नाप्न भिडियो रिभ्यु प्रयोग हुनेछ । प्रत्येक टोलीले प्रति इनिङ्स दुईवटा रिभ्युको अधिकार पाउनेछन् । क्यानका सचिव पारस खड्काका अनुसार यो प्रविधि मा लाग्ने लागत क्यान र आठवटै फ्रेन्चाइजले सहभुक्तानी गर्ने मोडल बनाइएको छ र यसका लागि करिब २ करोड खर्च हुने बताइएको छ । डीआरएसले म्याचको कुल समय करिब ३० मिनेट बढाउने भएकाले समय व्यवस्थापन गर्न क्यानले प्रारम्भिक रूपमा निकालेको खेल तालिकामा ३० मिनेट थप गरेको छ । त्यस्तै एनपीएलको तेस्रो सिजनमा म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा निगरानी राख्ने भएको छ । नियमानुसार, रिटायर्डलगायत सबै विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनैपर्ने अनिवार्य व्यवस्था छ भने एनपीएल सुरु हुनुभन्दा छ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यहाँ खेल्न पाउने छैनन् । एनपीएलमा यसअघि पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस खेलेर चर्चा बनाएका थिए भने उनीहरुको आगमनले एनपीएल र समग्र नेपाली क्रिकेटको प्रमोसनमा सहयोग पुगेको थियो । तर यसपटकको एनपीएलमा जोडिएका स्टार खेलाडीहरुका करण यसको रोमाञ्चकता बढ्ने निश्चित देखिएको छ । अहिलेसम्म अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट खेल्दैछन् । त्यस्तै बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट, इंग्ल्यान्डका मोइन अली र न्युजील्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्दैछन् । त्यस्तै दक्षिण अफ्रीकाका डेभिड मिलर कर्णाली याक्सबाट, वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । त्यसैगरी, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर एनपीएलमा हिमालय स्पोर्ट्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा सहभागी हुने भएका छन् भने पोखरा एभेन्जर्सले भारतीय पूर्व खेलाडी इरफान पठानलाई ब्रान्ड एम्बासडरको रुपमा जोडेको छ । The post विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बङ्गलादेशतर्फको निर्यात पनि पुनः सुरु
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही... ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२... ...

काठमाडौंका सम्पदा चिनाउँदै १० किलोमिटर ‘हेरिटेज रन’
काठमाडौं । काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार बिहान १० हजार मिटरको ‘हेरिटेज रन–सम्पदा दौड’ आयोजना गरिएको छ। काठमाडौं फिल्म फेस्टिभलसँग जोडिएको उक्त दौड बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको हो। दौडमा सहभागी धावकहरूले काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान प्रवर्द्धन गर्दै दौड पूरा गरेका छन्। महानगरपालिकाले खेलकुद र सम्पदा प्रवर्द्धनलाई जोड्दै आयोजना गरेको यस कार्यक्रमले ...

चुनावअघि सैन्य आक्रामकता नेतन्याहूको चुनावी हतियार, इरानदेखि गाजासम्मले दाउमा राजनीतिक साख
काठमाण्डु- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानदेखि गाजासम्मका सैन्य कारबाही र शत्रुविरुद्धको कठोर नीतिलाई चुनावी रणनीतिको प्रमुख आधार बनाएका छन् । अक्टोबर २७ मा हुने भनिएको चुनावअघि उनले इजरायलको सुरक्षा सुनिश्चित गर्न आफूभन्दा सक्षम विकल्प नभएको सन्देश मतदातामाझ पुर्याउने प्रयास गरिरहेका छन् । युद्ध, राजनीतिक ध्रुवीकरण र सुरक्षा चिन्ताबीच हुन लागेको यो चुनाव नेतन्याहूको नेतृत्व, सैन्य […] ...


