राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाका लागि लोकसेवा आयोगको परीक्षाको तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शाखा अधिकृत र नायब सुब्बा पदको तयारी कक्षा सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदका लागि अनलाइन कक्षा सञ्चालन गरिने परिषद्ले जनाएको छ। तयारी कक्षामा सहभागी हुन इच्छुक युवाले श्रम संसारको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। त्यसका लागि यहाँ क्लिक गरी अनलाइन फाराम भर्न सकिनेछ। यसअघि नै गुगल फाराममार्फत सफलतापूर्वक आवेदन दिइसकेका व्यक्तिले पुनः फाराम भर्नु नपर्ने जनाइएको छ। उनीहरूको आवेदन प्रणालीमा सुरक्षित भइसकेको परिषद्ले स्पष्ट पारेको छ। कार्यक्रम विशेष प्राथमिकता प्राप्त युवालाई लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको हो। The post विशेष प्राथमिकताका युवाका लागि अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनुहोस् आवेदन appeared first on Technology Khabar.
विशेष प्राथमिकताका युवाका लागि अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






