जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट सेवा प्रदायक र इन्टरनेट एक्सचेन्जहरूमा नेटवर्क ट्राफिक ह्वात्तै बढेको छ। नोभेम्बर १८, बुधबारको रात, विश्वभरका गेमरहरूका लागि नयाँ गेम ‘*ग्रान्ड थेफ्ट अटो ६* (*Grand Theft Auto 6*)’ उपलब्ध भएसँगै बेलायतको ग्रामीण क्षेत्रमा फाइबर सेवा प्रदान गर्ने कम्पनी ‘गीगाक्लियर’ ले आफ्नो नेटवर्कमा अहिलेसम्मकै सबैभन्दा बढी व्यस्त रात रेकर्ड गर्यो। यस अवधिमा कम्पनीको नेटवर्कमा देखिएको ट्राफिक, सन् २०२६ को गर्मीयाममा भएको फिफा विश्वकपको सबैभन्दा व्यस्त रातको तुलनामा करिब १४ प्रतिशतले बढी थियो। नोभेम्बर १८ का दिन दिउँसो ४ बजेदेखि मध्यरातसम्मको समयमा, नेटवर्क ट्राफिक सोमबार र मंगलबारको तुलनामा करिब १५ प्रतिशतले बढी थियो; साथै, यो अघिल्लो हप्ताको सोही अवधिको ट्राफिक स्तरभन्दा २२ प्रतिशतले बढी थियो। ‘ग्रान्ड थेफ्ट अटो ६’ को केवल डिजिटल रूपमा गरिएको रिलिज जुन करिब २१२ जीबीसम्मको आकारमा थियो। यसले नोभेम्बर १० देखि १९ सम्मको यसको ‘प्रि-डाउनलोड’ र सार्वजनिक हुने अवधिका कारण डाटा ट्राफिकमा कीर्तिमानी वृद्धि भएको जनाएका छन्। लन्डन इन्टरनेट एक्सचेन्ज (लिन्क्स) काअनुसार सेवा सुरु भएको मध्यरातमा, यसका सबै ल्यानहरूमा ट्राफिकको मात्रा अघिल्ला छ हप्ताको औसतसँग हेर्दा १६.१४ प्रतिशतको वृद्धि देखियो। यस्तै लिन्क्स म्यानचेस्टरले सेवा सुरु भएको मध्यरातमा ट्राफिकको मात्रामा ४१ प्रतिशतको उछाल देखिएको जनाएको छ। The post जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो appeared first on Technology Khabar.
जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






