Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
Photo / Coverage: टेक्नोलोजी खबर

बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ। यसअघि सोही दिन यसको मूल्य दुई वर्षयताकै न्यून विन्दुमा झरेको थियो। अमेरिकी पूर्वी समयअनुसार शनिबार बिहान करिब ८:३० बजे (ग्रिनविच समय १३:३० बजे) बिटक्वाइनको मूल्य केही समयका लागि ६० हजार डलर नाघेको थियो। यसअघि शनिबार बिटक्वाइनको मूल्य घटेर ५५ हजार २५१.६० डलर पुगेको थियो। यो दुई वर्षयताकै न्यून मूल्य हो। शुक्रबार यसको मूल्य ५७ हजार ७४२ डलरभन्दा तल झरेको थियो। सन् २०२४ को सेप्टेम्बरपछि पहिलो पटक बिटक्वाइनको मूल्य उक्त विन्दुभन्दा तल पुगेको हो। कृत्रिम बुद्धिमता कम्पनीहरूको सेयर मूल्य अत्यधिक बढेको भन्दै लगानीकर्तामा चिन्ता बढेपछि बिटक्वाइनसहित जोखिमयुक्त सम्पत्तिको मूल्यमा दबाब परेको हो। रोयटर्सका अनुसार ठूलो परिमाणमा कृत्रिम बुद्धिमतासम्बन्धी पूर्वाधार निर्माणमा भइरहेको खर्चबाट नाफा कमाउन सकिने विषयमा पछिल्ला केही सातादेखि प्रश्न उठिरहेका छन्। यसका साथै ऋण लिने लागतमा वृद्धि, अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि बढेको नियामकीय जोखिम र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको राजीनामाले पछिल्ला कारोबारमा क्रिप्टोकरेन्सी बजार प्रभावित भएको छ। अमेरिकी डलर बलियो हुनु, वास्तविक प्रतिफल दर बढ्नु र बजारमा उतारचढाव बढ्नुले पनि क्रिप्टोकरेन्सी बजारमा दबाब सिर्जना गरेको छ। पछिल्लो समय बिटक्वाइनको मूल्य सेयर बजारको उतारचढावसँगै परिवर्तन हुन थालेको छ। शुक्रबार अमेरिकी सेयर बजारमा गिरावट थप तीव्र भएको थियो। सन् २०२५ को अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लिबरेसन डे’ नाम दिएर भन्सार शुल्क घोषणा गरेयताकै एक सातामा भएको ठूलो गिरावटमध्ये यो एक थियो। एन्थ्रोपिक कम्पनीको महत्वपूर्ण सेयर बजार प्रवेश अपेक्षाअनुसार सफल हुन नसकेपछि कृत्रिम बुद्धिमतासम्बन्धी लगानीप्रति चिन्ता थपिएको थियो। यसले यस वर्ष अमेरिकी सेयर बजारको वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको कृत्रिम बुद्धिमतासम्बन्धी लगानीमाथि थप प्रश्न उठाएको छ। त्यसपछि एसएन्डपी ५०० र डाउ जोन्स दुवै सूचकले बजारमा सुधारात्मक गिरावट (करेक्शन) भएको पुष्टि गरेका छन्। The post दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक
TechnologyJust now

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा.लि. ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे ।अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर ...

आइसिटी समाचार
लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन
TechnologyJust now

लोकसेवा तयारी अब भर्चुअल क्लासमा, युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवालाई लक्षित गरी नि:शुल्क विशेष तयारी कक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत शाखा अधिकृत र नायब सुब्बा पदको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्न आवेदन आह्वान गरेको हो ।युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको परिषद्का अनुसार विशेष प्राथमिकतामा रहेका युवाहरूलाई लक्षित ...

आइसिटी समाचार
ह्वावेले ल्यायो नयाँ ‘वाइड-फर्म्याट’ फोन, किरिन ९०३०एस चिपसेटका साथमा १२ जीबी र्याम र डुअल क्यामरा फिचर
TechnologyJust now

ह्वावेले ल्यायो नयाँ ‘वाइड-फर्म्याट’ फोन, किरिन ९०३०एस चिपसेटका साथमा १२ जीबी र्याम र डुअल क्यामरा फिचर

‘ह्वावे पुरा एक्स भ्यू’ लाई लिएर देखिएको चर्चापछि, कम्पनी अर्को एक उत्कृष्ट फोन सार्वजनिक गरेको छ। ह्वावे ओएसटीए ओ१ प्रो (Huawei OSTA O1 Pro) कम्पनीको पछिल्लो स्मार्टफोन हो, जसमा ‘वाइड-फर्म्याट’ डिजाइन दिइएको छ। यसमा ६.३९ इन्चको डिस्प्ले छ, जसको एस्पेक्ट रेसियो १६:९.५ र रिजोलुसन १.५ के रहेको छ। यो डिभाइस अत्यन्तै पातलो बेजेलहरू सहित आउँछ, जसको मोटाइ जम्मा १.०५ मिलिमिटर ...

टेक्नोलोजी खबर
३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान
TechnologyJust now

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् । भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर […] The post ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement