Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विवादमा तानिएका कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

विवादमा तानिएका कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवादमा तानिएका कोशी लोक सेवा आयोगका अध्यक्ष गुरागाईंले दिए राजीनामा

काठमाडौं । पदको दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्। गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ। गुरागाईं अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयमा विवादमा परेका थिए। आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध हुन थालेपछि उनीमाथि नैतिक दबाब बढेको थियो। विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एनआरएनए एसिया प्रशान्त क्षेत्रद्वारा सहयोग हस्तान्तरण
ताजा खबरJust now

देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एनआरएनए एसिया प्रशान्त क्षेत्रद्वारा सहयोग हस्तान्तरण

नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रको संयोजनमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’लाई दुई लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। भदौ... ...

रातोपाटी
विराटनगरका कप्तान सन्दीप भन्छन्: चार ओभरमा ब्याटर हतारियौँ
ताजा खबरJust now

विराटनगरका कप्तान सन्दीप भन्छन्: चार ओभरमा ब्याटर हतारियौँ

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए।  चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन्। १६औं ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइ... ...

नेपालखबर
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा, जिल्लामा रोजगारी सिर्जनासहितका योजना
ताजा खबरJust now

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा, जिल्लामा रोजगारी सिर्जनासहितका योजना

काठमाडौँ। विश्वभर छरिएर रहेका धादिङवासीहरूको साझा संस्था ‘अन्तर्राष्ट्रिय धादिङ समाज’को हालै सम्पन्न चौथो महाधिवेशनबाट अमेरिका निवासी बद्री खतिवडा केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। नेतृत्व सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष खतिवडाले प्रवासमा रहेका धादिङवासीहरूको... ...

रातोपाटी
कृषिमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
ताजा खबरJust now

कृषिमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

काठमाडौँ, कात्तिक १० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play