Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

विवरण लुकाएपछि पशुपति आइरन एन्ड स्टिल‘असहयोगी कम्पनी’ घोषित,रेटिङ खारेजीको सूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवरण लुकाएपछि पशुपति आइरन एन्ड स्टिल‘असहयोगी कम्पनी’ घोषित,रेटिङ खारेजीको सूचीमा
Photo / Coverage: टक्सार

काठमाडौँ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले पशुपति आइरन एन्ड स्टिल प्राइभेट लिमिटेडलाई ‘असहयोगी कम्पनी’ को सूचीमा राख्दै यसको रेटिङ खारेज गर्ने सूचना जारी गरेको छ । इक्रा नेपालले नोभेम्बर ५, २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको २ अर्ब ४० करोड रुपैयाँ (२,४०० मिलियन) बराबरको अल्पकालीन कर्जा रेटिङलाई संशोधन गरी ृक्ष्ऋच्ब्ल्ऐ ब्४ ‘इस्युअर नट कोअपरेटिङ’ कायम गरिएको हो । कुनै पनि कम्पनीको ऋण तिर्न सक्ने क्षमता कस्तो छ भनेर रेटिङ एजेन्सीले नियमित निगरानी गरिरहनुपर्छ। तर, इक्रा नेपालले पटक–पटक ताकेता गर्दा पनि पशुपति आइरन व्यवस्थापनले आफ्नो आर्थिक तथा सञ्चालन विवरण उपलब्ध गराउन नमानेको इक्राले जनाएको छ । क्रेडिट रेटिङ नियमावली २०११ र इक्रा नेपालको नीतिअनुसार समयमै पर्याप्त सूचना नपाएपछि आर्थिक वर्ष २०२६ मा कम्पनीको वित्तीय अवस्था र ऋण तिर्ने क्षमतामा परेको प्रभाव यकिन गर्न नसकिएको एजेन्सीले जनाएको छ। कम्पनीले नयाँ विवरण नदिए पनि इक्रा नेपालसँग अघिल्लो मूल्याङ्कनका क्रममा उपलब्ध आर्थिक तथ्याङ्कले कम्पनीको व्यापारमा भारी गिरावट आएको देखाउँछ । आर्थिक वर्ष २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको कुल सञ्चालन आम्दानी (बिक्री) आर्थिक वर्ष २०२२ मा ९१.०९ प्रतिशतले बढेर ४ अर्ब २० करोड २० लाख र आर्थिक वर्ष २०२३ मा थप ११.४९ प्रतिशतले वृद्धि भई ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँसम्म पुगेको थियो। तर, आर्थिक वर्ष २०२४ मा आइपुग्दा कम्पनीको व्यापार एकैपटक ४०.५१ प्रतिशतले घटेर २ अर्ब ७८ करोड ७० लाख रुपैयाँमा खुम्चिन पुग्यो। आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनासम्ममा भने कम्पनीले २ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार गरेको अपरिष्कृत विवरण छ। व्यापार खस्किएसँगै कम्पनीको नाफा आर्जन गर्ने क्षमता र ऋण तिर्ने सामथ्र्य पनि कमजोर बन्दै गएको तथ्याङ्कले देखाएको इक्राले जनाएको छ । आर्थिक वर्ष २०२१ मा ७.२ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन क्रमशः घट्दै आ.व. २०२२ मा ४.७ प्रतिशत, आ.व. २०२३ मा ३.७ प्रतिशत र आ.व. २०२४ तथा २०२५ को ९ महिनामा ३.३ प्रतिशतमा सीमित भएको छ। यही अवधिमा कम्पनीको खुद पुँजीको तुलनामा कुल ऋणको अनुपात आ.व. २०२१ मा ०.५ गुणा मात्र रहेकोमा आ.व. २०२५ को ९ महिनासम्म आइपुग्दा २.३ गुणा र कुल बाह्य दायित्वको अनुपात १.३ गुणाबाट बढेर २.७ गुणा पुगेको छ। सञ्चालन नाफाको तुलनामा कुल ऋणको अनुपात २.३ गुणाबाट बढेर आ.व. २०२४ मा ९.५ गुणा र आ.व. २०२५ को ९ महिनामा १७.६ गुणासम्म पुगेको देखिएको छ। बढ्दो ऋणको भारसँगै कम्पनीको ब्याज र किस्ता तिर्ने क्षमतामा पनि तीव्र ह्रास आएको छ। आर्थिक वर्ष २०२१ मा ११.६ गुणा रहेको ब्याज तिर्ने क्षमता आ.व. २०२४ मा १.० गुणा र आ.व. २०२५ को ९ महिनामा १.६ गुणामा झरेको छ भने ऋण सेवा कवरेज अनुपात पनि ११.७ गुणाबाट घटेर १.० देखि १.५ गुणाको हाराहारीमा सीमित भएको छ। यस्तै, कुल बिक्रीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात आ.व. २०२१ मा २ प्रतिशत रहेकोमा आ.व. २०२५ को ९ महिनामा ६२ प्रतिशत पुग्नुले कम्पनीको ठूलो पुँजी उधारो वा मौज्दातमा अड्किएको देखाउँछ। यद्यपि चालु अनुपात भने १.२ गुणाको आसपास छ। कम्पनीले पछिल्लो वास्तविक अवस्था नदेखाएका कारण उपलब्ध सीमित जानकारीका आधारमा तय गरिएको यो रेटिङले कम्पनीको वास्तविक कर्जा जोखिमलाई पूर्ण रूपमा नसमेट्ने इक्रा नेपालको भनाइ छ। कम्पनीको जोखिमको स्तर रेटिङले देखाएभन्दा अझ बढी हुन सक्ने भएकाले यो रेटिङ प्रयोग गर्दा ऋणदाता बैंक, लगानीकर्ता र सरोकारवालाहरूलाई विशेष सतर्कता अपनाउन एजेन्सीले सचेत गराएको छ। सन् १९८३ मा स्थापना भई सुनसरीमा उद्योग सञ्चालन गरिरहेको यस कम्पनीले वार्षिक करिब १ लाख १० हजार मेट्रिक टन उत्पादन क्षमतासहित ‘पशुपति टिएमटी बार’ ब्रान्डमा फलामे डन्डी उत्पादन गर्दै आएको छ। ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस उद्योगमा अशोक मुरारका, प्रदीप मुरारका, पशुपति मुरारका र महेश कुमार मुरारकाको बराबर सेयर स्वामित्व रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खेलाडीको उपचारका लागि खेलस्थलमै मेडिकल सेन्टर, फिजियोथेरापिस्टसहित स्वास्थ्यकर्मी खटाइने
Latest NewsJust now

खेलाडीको उपचारका लागि खेलस्थलमै मेडिकल सेन्टर, फिजियोथेरापिस्टसहित स्वास्थ्यकर्मी खटाइने

उपसमितिहरुको बैठकमा प्रतियोगिताका क्रममा खेलाडीलाई चोटपटक लागे तत्काल उपचार सेवा उपलब्ध गराउने फिजियोथेरापिस्टसहित दक्ष स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिका सचिव मधुसूदन बस्नेतले बताए । ...

कान्तिपुर
प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार
Latest NewsJust now

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

पर्सा । गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२... ...

रातोपाटी
नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव
Latest NewsJust now

नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव

  हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज आइतबार बिहान ८ बजे अद्यावधिक (अपडेट) गरेको मौसम बुलेटिनअनुसार अहिले कोसी प्रदेशको तराई साथै देशको हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। देशका बाँकी स्थानमा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play