विराटनगर र सुदूरपश्चिमबीच ५ ओभरको खेल हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५–५ ओभरको खेल हुने भएको छ। वर्षाले प्रभावित त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको लामो प्रयासपछि खेल सञ्चालन गर्न सम्भव भएको हो। मैदान निरीक्षणपछि अम्पायरहरूले ५–५ ओभरको खेल गराउने निर्णय गरेका हुन्। निर्धारित तालिकाअनुसार साँझ ७ः२५ बजे टस हुनेछ भने ७ः४१ बजे खेल सुरु हुनेछ। खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ। स्कोरबोर्डतर्फको दोस्रो विकेटमा खेल खेलाइनेछ। ५ ओभरको खेल र छोटो बाउन्ड्रीका कारण प्रतिस्पर्धा उच्च स्कोरको हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध... ...

सर्वोच्चका न्यायाधीश फुयालबारे रास्वपाले तय गरेका तीन विकल्प
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र विवाद’ समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निचोडमा पुगेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरिप्रसाद फुयाललगायत केही न्यायाधीशहरू बिचौलिया इनम सापकोटासँग सम्पर्कमा रहेको समाचार आएपछि सत्तारुढ रास्वपाले यसलाई ‘न्य... ...

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य
विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ। ...

एनपीएलमा विराटनगरले सुदूरपश्चिमलाई दियो पाँच ओभरमा १०६ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले कीर्तिमानी रन खडा गरेको छ ...


