Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ रोजेपछि विराटनगरले बलिङ गर्ने भएको हो। प्लेअफ सम्भावना जिवित राख्न यी २ टोलीलाई जितको आवश्यक्ता छ। आजको खेलमा पोखराले हार भोगे प्लेअफ दौडबाट औपचारिक रुपमा बाहिरिनेछ। विराटनगरले हार भोगे प्लेअफ यात्रा केही कमजोर हुनेछ। एनपीएलमा पोखरा र विराटनगर दुबै टोली छैटौँ खेल खेल्दैछन्। २ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। समान खेलबाट १ खेलमा जित र ४ खेलमा हार भोगेको पोखरा २ अंकमा तालिकाको पुछारमा छ। पोखरा र विराटनगरको हेट टु हेडलाई हेर्ने हो भने दुबै टोलीले समान एक खेल जितेका छन्। पहिलो सिजन सुपर ओभरबाट पोखराले जित हात पारेको थियो। दोस्रो सिजन भने विराटनगरले पोखरालाई ५३ रनले हराएको थियो। आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन्। एनपीएलमा लुम्बिनीले अहिलेसम्म कर्णालीलाई हराउन सकेको छैन। The post विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट
Latest NewsJust now

एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले एनपीएलमा पहिलो ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीपले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। सन्दीपले १५औँ ओभरको तेस्रो बलमा युवराज साम्रालाई पेभेलियन पठाए सोही ओभरको चौथो बलमा चमिका करुणारत्नेको विकेट... ...

नेपालखबर
सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट
Latest NewsJust now

सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्ससँगको खेलमा सन्दीपले आफ्नो... ...

रातोपाटी
भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा
Latest NewsJust now

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्... ...

गोरखापत्र
प्रकृति र संस्कृतिको सङ्गम
Latest NewsJust now

प्रकृति र संस्कृतिको सङ्गम

कहिलेकाहीँ यात्राको सबैभन्दा सुन्दर क्षण गन्तव्यमा पुग्दा होइन, गन्तव्य पहिलोपटक आँखाअघि खुल्दा आउँछ। डोल्पाका साँघुरा पहाडी बाटा, सुलीगाडको निरन्तर आवाज, घना जङ्गल र उकालो चढ्दै गर्दा शरीर थाकिरहेको हुन्छ। पाइला भारी हुन्छन्, सासको गति बढ्छ। तर अचानक पहाडको एउटा घुम्ती पार गरेपछि आँखाअघि नीलो पानीको विशाल फैलावट देखिन्छ। केही क्षणका लागि पाइला रोकिन्छन्। अग्ला चट्टानी पहाडको बीचमा फैलिएको फोक्सुण्डो कुनै ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play