Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा १३ वर्षीय भारतीय र १६ वर्षीय नेपाली नाबालकलाई पनि नियन्त्रणमा लिएको छ। भारतको वाराणसी स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बसोबास गर्दै आएका थिए। उनी विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्थे। गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि उनी पसलबाट बेपत्ता भएका थिए। परिवार र आफन्तले खोजी गरिरहेका बेला कात्तिक ८ गते आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलीया खोलाको किनारमा उनकाे शव फेला परेको थियो। सूक्ष्म अनुसन्धानपछि कात्तिक १० गते साँझ करिब ५ बजे अभियुक्तहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले हल्ला फैलाएका थिए। यही विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। विवाद बढेपछि आलमले गुप्तालाई घरमा बोलाएर फलामको जीआई पाइप प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि शव लुकाउन र फाल्न आलमले दुई जना नाबालकको सहयोग लिएको तथा शवलाई केशलीया खोला किनारमा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
ताजा खबरJust now

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ...

कान्तिपुर
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
ताजा खबरJust now

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको... ...

रातोपाटी
पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट
ताजा खबरJust now

पोखरा एभेन्जर्सले गुमायाे अर्काे विकेट

काठमाडौँ। पोखरा एभेन्जर्सका सदिरा समरविक्रमा आउट भएका छन्। उनी ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। उनी सुदूरपश्चिम रोयल्सका अनिल खरेलको बलमा आउट भएका हुन्। अनिलले अहिलेसम्म ३ विकेट लिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play