विराटनगरका रेस्टुरेन्ट सञ्चालक खत्रीको मृत्यु प्रकरणमा युवती पक्राउ

विराटनगर । मोरङको केराबारीस्थित जङ्गलमा मृत फेला परेका विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फिजफायर रेस्टुरेन्टमा कार्यरत ती युवतीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका अनुसार झापाकी २७ वर्षीया ती युवती खत्रीको रेस्टुरेन्टमा करिब चारदेखि पाँच वर्षदेखि काम गर्दै आएकी थिइन्। उनले रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत हेर्ने गरेको र खत्रीसँग व्यक्तिगत तथा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार खत्री र युवतीबीच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको थियो। रेस्टुरेन्टको आर्थिक कारोबार तथा उनीहरूबीचको सम्बन्धलाई आधार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ। युवतीलाई शनिबार राति नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यद्यपि, खत्रीको मृत्युमा ती युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका रहेको विषय अनुसन्धानबाट पुष्टि भइसकेको छैन। प्रहरीले घटनाका विभिन्न पक्षको अनुसन्धान गरिरहेको जनाएको छ। खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। विवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा रहेको जनाइएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएलः लुम्बिनी र सुदूरपश्चिमबीचको खेल जारी
• नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स बीच सुरु भएको छ। • लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ र सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ। • प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको तेस्रो संस्करणको उद्घाटन गरेका छन्, जसमा शिक्षामन्त्री सस्मित पोखरेल पनि उपस्थित थिए। ...

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै
बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । ...

बुटवलमा सराय नाच प्रदर्शन
बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा... ...

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा... ...


