त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा विमानस्थलबाट पक्राउ परेका हुन्। उनी नेपाल वायुसेवा निगमको आरए ४१० नम्बरको उडानमार्फत हङकङबाट काठमाडौँ आएका थिए। विमानस्थलस्थित भन्सार तथा सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका वाङलाई बरामद सुनसहित थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा बुझाइएको छ।
विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन

Read Complete Original Article
Published originally on पर्दाफास






