Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

गुल्मीमा मृत फेला परे प्रहरी निरीक्षक पर्वतकुमार केसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा मृत फेला परे प्रहरी निरीक्षक पर्वतकुमार केसी
Photo / Coverage: पर्दाफास

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको अधिकृत निवासको भुइँतलामा बस्दै आएका केसी मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले उनको कोठामा पुगेर ढोका ढकढक्याएका थिए। कोठाको ढोका भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको पाएपछि सहकर्मीले झ्यालको लक तोडेर भित्र प्रवेश गरेका थिए। त्यसक्रममा केसी ओछ्यानमै अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए। घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
OthersJust now

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, ...

पर्दाफास
विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन
OthersJust now

विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा विमानस्थलबाट पक्राउ परेका हुन्। उनी नेपाल वायुसेवा निगमको आरए ...

पर्दाफास
तातोपानी नाका खुलाउन नेपालको जोड
OthersJust now

तातोपानी नाका खुलाउन नेपालको जोड

२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग… ...

अनलाइन खबर
फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ
OthersJust now

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । बुधवार काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई-मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् । उनले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play