Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विपद् व्यवस्थापनमा स्थानीय तहको भुमिका निर्णायकः डा. धर्मराज उप्रेती

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् व्यवस्थापनमा स्थानीय तहको भुमिका निर्णायकः डा. धर्मराज उप्रेती
Photo / Coverage: टक्सार

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले विपद् व्यवस्थापनका लागि वडा तहसम्मै सक्रिय र सक्षम समिति निर्माण गर्नुपर्ने बताए । ललितपुरमा शुक्रवार आयोजित ‘राइजिङ फोरम द रोयर’ कार्यक्रममा बोल्दै उनले विपद्को समयमा अधिकारको विकेन्द्रीकरण र स्थानीय सरकारको सक्रियता नै प्रभावकारी राहत वितरणको मुख्य आधार भएको बताए । डा. उप्रेतीले विपद्को पहिलो हप्ता पूर्ण रूपमा खोज, उद्धार र जीवन बचाउमा केन्द्रित हुनुपर्ने उल्लेख गरे । उनले ठूला अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको कामलाई छिटो र प्रभावकारी बनाउन प्राधिकरणले निरन्तर सहजीकरण गरेको बताउँदै राहत वितरणलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले कठिन भूगोलका कारण सडक सञ्जाल भत्किएको अवस्थामा समेत हेलिकप्टरको प्रयोग गरी १३ हजार ५ सय भन्दा बढी मानिसको ज्यान बचाउन सफल भएको बताए । विपद् व्यवस्थापन ऐनमा भएको व्यवस्था र त्यसको कार्यान्वयन पक्षबारे बोल्दै डा। उप्रेतीले स्थानीय सरकारको क्षमता अभिवृद्धि आजको आवश्यकता भएको बताए । उप्रेतीले भने, ‘राहत वितरणका क्रममा अनावश्यक अवरोध नहोस् भन्नेमा सरकार सचेत थियो। राहतको नाममा सामान्य गतिविधिलाई पनि राहतका रूपमा प्रश्तुत गर्ने वा राहत पर्यटनलाई प्रोत्साहन गर्ने प्रवृत्ति रोक्दै नेपालमा लामो समयदेखि कार्यरत र समाज कल्याण परिषद्मा दर्ता भएका अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहजीकरण गरिएको थियो । प्रारम्भिक पाँच दिनमै एसएमएस र ह्वाट्सएपमार्फत अनुमति दिने व्यवस्था गरी राहत वितरणलाई तीव्र बनाइएको थियो । रसुवामा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले नुवाकोट हुँदै हेलिकप्टरमार्फत राहत पु¥याउनुपर्ने अवस्था थियो । पहिलो साताको मुख्य प्राथमिकता उद्धार र जीवनरक्षा थियो। करिब १३ हजार ५०० जनाको उद्धार गर्नुका साथै राहत सामग्री ढुवानी, शव सङ्कलन र व्यवस्थापनजस्ता चुनौतीपूर्ण कामहरू रातदिन खटिएर सम्पन्न गरिएका थिए । यस विपद्बाट प्राप्त प्रमुख सिकाइ भनेको स्थानीय तहदेखि नै विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाउनुपर्ने रहेछ । वडा तथा गाउँपालिकास्तरका विपद् व्यवस्थापन समितिहरू सक्रिय र सक्षम हुन आवश्यक छ । साना विपद् स्थानीय तहले नै व्यवस्थापन गर्न सक्ने गरी अधिकार र स्रोतको विकेन्द्रीकरण हुनुपर्छ । त्यसैगरी, स्थानीय तहको क्षमताभन्दा ठूलो विपद् आएमा प्रदेश सरकारले नेतृत्व लिनुपर्छ । विपद् व्यवस्थापन ऐनले संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट गरेको छ । ऐनमा भएका व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका निकायले त्यसबारे पर्याप्त जानकारी राख्नु र आफ्नो जिम्मेवारीअनुसार सक्रिय हुनु आवश्यक छ ।’ उनले विपद्को समयमा प्रदेश सरकारको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै ऐनमा उल्लेखित व्यवस्थाअनुसार प्रदेशहरूले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई थप सक्रियतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । उनले कठिन समयमा अहोरात्र खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै नीति निर्माताहरूलाई ऐनको मर्म बुझेर कार्यान्वयनमा लैजान आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अध्यादेश रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो पत्रकार महासङ्घ, राष्ट्रपतिले के भने ?
Latest NewsJust now

अध्यादेश रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो पत्रकार महासङ्घ, राष्ट्रपतिले के भने ?

काठमाडौँ। प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न माग गर्दै नेपाल पत्रकार महासङ्घको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेको छ । शुक्रबार महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा... ...

रातोपाटी
चितवनमा रविको अर्थपूर्ण सम्बोधन- लोकतन्त्रको अवमूल्यन गर्ने अधिकार कसैलाई छैन
Latest NewsJust now

चितवनमा रविको अर्थपूर्ण सम्बोधन- लोकतन्त्रको अवमूल्यन गर्ने अधिकार कसैलाई छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन पुगेर अर्थपूर्ण सम्बोधन गरेका छन्।  पार्टीलाई जानकारी नै नदिएर रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेको भोलिपल्ट चितवन झरेका लामिछानेले प्रधानमन्त्री शाहलाई चेतावनीसहित सुझाव दिएका हुन्। उनले पार्टीलाई केही कुरा सिकाउँदा ... ...

नेपालखबर
‘१५ वर्षीय बालकलाई २४ वर्षको बनाएर जेल पठाएको कुरा सच्याएको छु’
Latest NewsJust now

‘१५ वर्षीय बालकलाई २४ वर्षको बनाएर जेल पठाएको कुरा सच्याएको छु’

काठमाण्डु– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले १५ वर्षका बालकलाई २४ वर्षको बनाएर अभियोजन गरी कारागार पठाइएको घटना आफूले सच्याएको बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले स्याङ्जा जिल्ला अदालतमा रहँदा कारागार निरीक्षणका क्रममा उक्त घटना थाहा पाएको बताए। कारागारका कैदीबन्दीहरूले नै ती बालक २४ वर्षका नभई १५ वर्षका […] ...

काठमाण्डुपाटी
४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)
Latest NewsJust now

४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)

काठमाडौँ । विशेष अदालत काठमाडौँले ४२ जना कानुन व्यवासयीलाई स्वेच्छिक नि:शुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न सुचीकृत गरेको छ । विशेष अदालतको आज शुक्रबार बसेको बैठकले उक्त सेवा प्रदान गर्न ती... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play