Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ‘रसुवा–भोटेकोशी बाढीलगायतका विपद्मा पूर्वसूचना प्रणालीः अनुभव, सिकाइ र प्राथमिकता’ विषयक कार्यशालाका वक्ताहरूले विपद्का बेला प्रभावकारी सूचना सम्प्रेषण, पूर्वसूचनाको विश्वसनीयता र सञ्चारमाध्यमको भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन्। सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव शिवकुमार पोख्रेलले विपद्को गम्भीरताका आधारमा सोहीअनुसार पूर्वसूचना जारी गर्नुपर्ने बताए। विपद्का बेला आधिकारिक सूचना सम्प्रेषणका लागि छुट्टै आपत्कालीन सञ्चार टोली गठन गरेर काम गर्नुपर्ने उहाँको भनाइ छ। विपद्का कारण टेलिफोन, विद्युत्, रेडियो तथा टेलिभिजनका टावरसमेत प्रभावित हुनसक्ने भएकाले सङ्कटका बेला आवश्यक पर्ने सञ्चार उपकरण तथा पूर्वाधारको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले रसुवा बाढीका क्रममा तल्लो क्षेत्रका मानिसले सूचना पाए पनि त्यसलाई गम्भीरतापूर्वक नलिँदा मानवीय क्षति हुन पुगेको बताए। जलविज्ञान तथा जलस्रोत केन्द्रका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले हिमाली क्षेत्रका मौसमी तथा हिमबाढीको अवस्थाबारे जानकारी लिन छिमेकी देश चीनसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले विभागले जारी गर्ने सूचना सर्वसाधारणले बुझ्न कठिन भएको तथा प्राविधिक शब्द बढी प्रयोग हुने गरेको गुनासो आएपछि अहिले पूर्वसूचना तथा एसएमएस सन्देशलाई सरल र छोटो बनाइएको बताए। कार्यशालामा सहभागीले मोबाइलमा विभिन्न प्रकारका सूचना निरन्तर आइरहने हुँदा मानिसमा सूचनाप्रति चासो घट्ने गरेको उल्लेख गर्दै विपद् सूचना पहिचान गर्न सकिने छुट्टै धुन वा सङ्केत विकास गर्नुपर्नेमा पनि जोड दिएका थिए । रासस The post विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालका प्रविधि उद्यमलाई बैंकबाट कर्जा प्राप्त गर्न सहज बनाउने ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक
TechnologyJust now

नेपालका प्रविधि उद्यमलाई बैंकबाट कर्जा प्राप्त गर्न सहज बनाउने ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक

काठमाडौं । नेपालका प्रविधि तथा प्रविधिमा आधारित साना तथा मझौला उद्यम (एसएमई) लाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सहज बनाउने उद्देश्यले ‘टेक लेन्डिङ म्यानुअल’ सार्वजनिक गरिएको छ ।नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट कम्युनिटी २ (NIIC 2) ले स्विस सरकारको विकास सहयोग नियोग (Swiss Agency for Development and Cooperation – SDC) को सहयोगमा तथा वान टु वाच (One to Watch) को ...

आइसिटी समाचार
नेपाल टेलिकमको एनटी फाइब प्रति सेवाग्राहीको आकर्षण बढ्दो
TechnologyJust now

नेपाल टेलिकमको एनटी फाइब प्रति सेवाग्राहीको आकर्षण बढ्दो

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको जनाएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने एनटी फाइबर सेवाप्रति सेवाग्राहीको विश्वास र सकारात्मक प्रतिक्रिया बढ्दै गएको जनाएको हो। मागअनुसार सेवा जडान गर्दै जाने र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त ...

टेक्नोलोजी खबर
पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ
TechnologyJust now

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने व्यक्ति पक्राऊ

अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने ...

टेक्नोलोजी खबर
कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने
TechnologyJust now

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement