Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी
Photo / Coverage: टक्सार

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका सदस्य रहेका खनाल उपाध्यक्षमा चयन भएका हुन्। संघको कार्यकारी सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्य चयन भएका छन्। संघको कार्यकारी समिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय छ। कार्यकारी समितिका सदस्य रहेका लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाहले पद छाडेपछि एउटा सदस्य पद रिक्त थियो। त्यस्तै, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङले पनि कार्यकारी समितिमा दुई कार्यकाल पूरा गरेका छन्। नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने थप एक कार्यकाल सदस्यमा रहने भएका छन्। उपाध्यक्षमा चयन भएका खनालको स्थानमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ। संघको साधारणसभामा पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत
Latest NewsJust now

रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत भएका छन् । समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटी, डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव... ...

रातोपाटी
चुहारको पुलबारे जस लिने होड : दुई पूर्वमुख्यमन्त्रीदेखि सांसद र मन्त्रीसम्म मैदानमा
Latest NewsJust now

चुहारको पुलबारे जस लिने होड : दुई पूर्वमुख्यमन्त्रीदेखि सांसद र मन्त्रीसम्म मैदानमा

विराटनगर । वर्षौँदेखि अलपत्र परेर विवादको घेरामा तानिएको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ निर्माणको प्रक्रिया अगाडि बढेसँगै राजनीतिक वृत्तमा जस लिने होडबाजी चलेको छ । कोशी प्रदेशको... ...

रातोपाटी
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति
Latest NewsJust now

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका ...

लुम्बिनी सञ्चार
विद्युत् महसुलको भ्याट सहज बनाउने तयारीमा सरकार
Latest NewsJust now

विद्युत् महसुलको भ्याट सहज बनाउने तयारीमा सरकार

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् । रास्वपा कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए । विद्युत् महसुलमा भ्याट लगाउने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement