Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।

संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो।

त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका सदस्य रहेका खनाल उपाध्यक्षमा चयन भएका हुन्।

संघको कार्यकारी सदस्यमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवनकुमार आचार्य चयन भएका छन्।

संघको कार्यकारी समिति निवर्तमान अध्यक्षसहित १० सदस्यीय छ। कार्यकारी समितिका सदस्य रहेका लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाहले पद छाडेपछि एउटा सदस्य पद रिक्त थियो।

त्यस्तै, एभरेस्ट बैंकका सीईओ सुदेश खालिङले पनि कार्यकारी समितिमा दुई कार्यकाल पूरा गरेका छन्। नेपाल बैंकका सीईओ तिलकराज पाण्डे भने थप एक कार्यकाल सदस्यमा रहने भएका छन्।

उपाध्यक्षमा चयन भएका खनालको स्थानमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ।

संघको साधारणसभामा पूर्वबैंकर उपेन्द्र पौडेललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रेडियन्ट र राराहिल च्याम्पियन
Latest NewsJust now

रेडियन्ट र राराहिल च्याम्पियन

दोहोरो उपाधि जितेको रेडियन्ट पब्लिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । राराहिल सिनियर गर्ल्समा विजेता भयो । ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद: बागमती शीर्षस्थानमा, कर्णाली अझै पदकविहीन
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद: बागमती शीर्षस्थानमा, कर्णाली अझै पदकविहीन

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्म बागमती प्रदेश पदक तालिकाको शीर्षस्थानमा रहेको छ। बागमतीले हालसम्म १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल ४० पदक जितेको छ। नेपाली सेनाले सर्वाधिक ४४ पदक जितेको भए पनि स्वर्ण पदकको आधारमा तेस्रो स्थानमा छ। सेनाले १० स्वर्ण, १७ रजत र १७ कांस्य जितेको छ। १२ स्वर्ण, चार रजत र चार कांस्य गरी ...

नेपालन्युज
नारायणगढ–मुग्लिन सडकको तुइनखोला खण्डमा दैनिक चार घण्टा यातायात बन्द हुने
Latest NewsJust now

नारायणगढ–मुग्लिन सडकको तुइनखोला खण्डमा दैनिक चार घण्टा यातायात बन्द हुने

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै भदौ १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्ने जनाएको हो। तुइनखोला खण्डमा विगतमा कार्यसूचारु भई स्थगित भएको पहिरो रोकथामको कामलाई अघि बढाउने क्रममा उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गरी ...

लुम्बिनी सञ्चार

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement